पृथ्वीनारायण काे #गाेरखा राज्य #विस्तार कि #एकीकरण: एक समीक्षा प्रकाश थापा , लेखक: लाङटाङदेखि लन्डनसम्म



 #पृथ्वीनारायण काे #गाेरखा राज्य #विस्तार कि #एकीकरण: एक समीक्षा 


प्रकाश थापा , लेखक: लाङटाङदेखि लन्डनसम्म 


सबैभन्दा पहिले त एकीकरण भनेकाे दुइ पक्षहरु मिल्नुनै हाे भने मिल्नकाे लागि युद्द लड्नु पर्दैन भने लडिएका अधिकाँश युद्दहरु जालझेल, छलकपट, हत्या अादि बाट सन्चालित भएका छन् । यसबाहेक दुई राज्यहरु एकीकरण हुँदा त्यहाँका सबै भाषा, धर्म संस्कृतिहरुकाे संरक्षण हुनु पर्नेमा एउटा मात्रै भाषा र संस्कृति लाद्ने काम भएकाे पाइन्छ । 


नेपाललाई पृथ्वी नारायणले नेपाल भन्न चाहेकै थिएनन्, उनले गाेर्खा नै भन्थे, काठमान्डु खाल्डाेमा नेपा सभ्यताकाे प्रभाव बढी भएकाे तथा नेपा खाल्डाे बाहिरका भूभागलाई तत्कालीन समयमा नेपाल मन्डला भनिने भएकाे अादि कारणले जनताहरुले गाेर्खा राज्यकाे सट्टा नेपालनै मन पराएकाेले नेपाल नै रहन गएकाे देखिन्छ ।


अर्काे कुरा पृथ्वी नारायणले भादगाउँ, कीर्तिपुर र ललितपुर, किरात, मगरात, तमुवान, ताम्सालिङ तथा कर्णाली खस राज्यहरु कब्जा गरिसकेपछि पनि नेपाल राज्यकाे सरकारी मुखपत्रकाे नाम गाेरखापत्र राखियाे, नेपालपत्र राखिएन भने भाषाकाे हकमा पनि  गाेरखा भाषा प्रकाशिनी समिति राखिएकाे पाइन्छ, जबकि नेपाली या पर्वते भाषा जुम्ला खस राज्यबाट विकसित भएकाे खस भाषा थियाे तर उनले गाेर्खा  भाषा नै भन्न चाहे ।  यसर्थ पृथ्वी नारायणले वास्तवमा गाेरखा राज्य बनाउन चाहेका थिए भन्ने देखिन्छ । 


हाल केही अतिवादी मानिसहरुले राजा पृथ्वीनारायणकाे विराेधमा लेख्ने बित्तिकै देशद्राेही साेच्ने गर्छन् तर यथार्थ के हाे भने कुुनै पनि शासकहरु जनताभन्दा माथि छैनन्, उनीहरुका राम्रा कुराका साथै नराम्रा पक्षहरुकाे अालाेचना गर्ने अधिकार हरेक नागरिकलाई छ । पृथ्वी नरायणले जितेका भनिएका राज्यहरुमा लड्ने गाेरखाका मगर, गुरुङ तथा खसहरुनै हुन् 

 


इतिहासकार लुड्वीग एफ स्टिलरका अनुसार पृथ्वी नारायणले मूलतः गाेरखा राज्यकै बिस्तार गरेका हुन् बलपूर्वक । लमजुङका गुरुङ राजाहरुकाे षडयन्त्रपूर्वक हत्यागरी शुरुमा कालुशाहलाई राजा बनाइएकाे थियाे जसलाई पछि गुरुङहरुले हत्या गरे । त्यस पश्चात् गुरुङहरुलाई केही अधिकार दिने गरी यशाेब्रह्म शाहलाई अार्यहरुले राजा बनाए । यशाेब्रह्म शाहका जेठा छाेरा नरहरि शाह लमजुङका राजा बने भने यशाेब्रह्मका कान्छा छाेरालाई पनि राजा बन्ने महत्वकाँक्षा जाग्याे र उनले गाेरखाका घलेराजा दलसुर घलेकाे हत्यागरी गाेरखाका राजा बने बि सं १६१६ मा । उनकै सन्तान पृथ्वीनारायण पछि बि सं १७९९ चैत्रमा गाेरखाका राजा बने ।


काठमान्डुका मल्ल राज्यहरुलाई कब्जा गर्न  पृथ्वी नारायणले तिन खण्ड गरी २५ वर्षलामाे नाकाबन्दी गरेका थिए जसबाट जनताकाे जीवन अत्यन्त कष्टकर बनेकाे देखिन्छ । 


१.पहिलाे खण्ड: सन् १७४४ देखि १७५४ काे दश वर्षे नाकाबन्दी जसमा मूलत: उपतत्यकालाई तिब्बतबाट अलग्गयाई व्यापारमा नाकाबन्दी गरे जसकाे लागि नुवाकाेट कब्जा गरे जुन तिब्बत व्यापारकाे प्रमुख मार्ग थियाे । 


२. दाेस्राे खण्ड: सन १७५४ देखि १७६४ काे दश वर्षे नाकाबन्दी जसमा उनले पश्चिका चाैबिसी राज्यहरुमाथि कब्जा गरी उपत्यकामा पठाइने नुन तेल लत्ता  कपडा अादि मा बन्देज गरी मल्ल राज्यहरुकाे अर्थतन्त्र तहसनहस पार्ने काम गरे । 


३. तेस्राे खण्ड: सन १७६४ देखि १७६९ काे पाँच वर्षे नाकाबन्दी जस अन्तर्गत उनले २० वर्षे लामाे नाकाबन्दी बाट जर्जर भएकाे मल्ल राज्यहरुमाथि कब्जा गर्न सफल भए ।


शाह वँशकाे करिब ४५०  वर्षकाे शासनकालमा उनले मूलत: स्वतन्त्र राज्यहरुलाई गाेरखाकाे अधीनमा ल्याएकाे देखिन्छ । यद्यपि शाह वँश भन्दा हजाराैँ  वर्ष अघि पनि यहाँ किरातहरुले तथा लिच्छवीहरुले शासन गरेका थिए र त्यस बेलाकाे नेपाल सुगाैली सन्धी भन्दा पहिलेकाे विशाल नेपाल नै थियाे । 


शाहकालीन शासन मूलत : धर्मधिकारीकाे रुपमा अार्यहरुले र राज्यअधिकारीकाे रुपमा खसहरुले चलाएकाे देखिन्छ । जसले यहाँका वर्ण व्यवस्थानै नभएकाे समाज जस्तै तमुवान, मगरात, किरात, ताम्सालिङ, थरुहट, खस अादि राज्यहरुलाई हिन्दुकरण गरियाे र सानाे ठूलाे जातमा समाजलाई विभाजन गरियाे, बुद्द धर्ममाथि  बन्देज गरियाे र विविध जातिका भाषा संस्कृतिहरुमाथि दमन गरियाे ।


यसर्थ सारमा पृथ्वी नारायणले जितेका राज्यहरु नेपालकै राज्यहरु थिए , तिनीहरु स्वतन्त्र थिए र गाेरखालाई कर बुझाउँदैनथे । उनले ती राज्यहरु कब्जागरी गाेरखा राज्य अन्तर्गत गाभे भने युद्दहरु अधिकाँश छलछाम, छलकपट गरी राज्यहरु हडपिएका छन् । 


त्यसबेला अाम्दानीकाे श्राेतहरु नभएकाेले सेनाहरुलाई पाल्न र तिनलाई जागिर बिर्तामा जमिन दिनकाे लागि पनि उर्वर भूमिहरु कब्जा गर्नु अावश्यकता नै थियाे । एउटा निश्चित राज्य कब्जा गर्ना साथ त्यहाँका जनताका सबै जमिनहरु राजाकाे कब्जामा अाउँथ्याे किनकि त्षसबेला कुनै लिखित नियम कानुनहरु निर्माण भइसकेकाे  थिएन । 


नेपालकाे पहिलाे लिखित कानुन नै राजा सुरेन्द्रकाे पालामा जङ्गबहादुरले  जारी गरेकाे बि सं १९१० काे मुलुकी एेन नै थियाे, त्यस अघि नागरिकता , लालपुर्जा हरुकाे लिखित अभिलेख पनि थिएन ।


यसर्थ पृथ्वीनारायणकाे  बारेमा बहश हुनु , छलफल हुनु अावश्यक छ । जित्नेहरुकाे कलमले लेखिएकाे इतिहास भित्र जनताका रगतका डाेबहरु अझै कायमै छन् । यसर्थ समीक्षा गर्न, बहश गर्न, समालाेचना गर्न नै बन्देज गर्नु भनेकाे अति जातिवादी तालीवानी या हिटलरी विचार हरु हुन्।


शाहवँशले सबैभन्दा दमन गरेकाे तामाङ जातिमाथि हाे , तामाङलाई मासिन्या जनजाति भनेर संविधानमा राखियाे ताकि उसलाई कमारा बनाउन, काट्न मार्न पाइने भयाे । पूर्वका तामाङहरु अाफ्नाे तामाङ राजा काटिएर याबेङ खाेलामा फालिएकाे हुनाले अझैपनि कैयन तामाङहरु याबेङ खाेला तर्दैनन् र त्यस खाेलाकाे पानी खाँदैनन् । दशैँ नमानेकाे र राणा, शाहहरुकाे विराेध गरेका कारण रसुवामा १५०० तामाङहरु काटिएका छन् । राम्लीहाङ र रिदामा राईहरुलाई दशैँ नमानेकै  कारण हत्या गरिएकाे थियाे । लखन थापा मगर र जयसिंह चुमी मगरलाई गाेरखा बुङकाेटमा झुण्ड्याएर हत्या गरियाे । 


बिसं २००७ साल अघिसम्म अार्य खस बाहेक अन्य कुनै पनि जातिहरुलाई पढ्न दिइएकाे थिएन र उनीहरुले जग्गा जमीन बिर्तामा पनि पाउँदैनथे , जसले गर्दा उनीहरु अार्थिक, शैक्षिक राजनैतिक, भाषिक, धार्मिक एवम् सांस्कृतिक रुपबाट बहिष्करणमा पार्ने काम पृथ्वी नारायणकाे कथित एकीकरणले गर्याे । 


समीक्षा राजा लगायत जाे सुकै काे पनि हुन्छ र गर्ने अधिकार नागरिकसंग छ । यही फरक छ राजतन्त्र र लाेकतन्त्रमा । 


Bibliography: Stiller, Ludwig F. The Rise of the House of Gorkha. Kathmandu: Educational Publishing House, 2017.

Dahal, Peshal. Nepalko Itihaas. Kathmandu: MK Publishers and Distributors, 2064 B.S.

Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA