Posts

Showing posts from June, 2021

युजेनिक्स #सिद्घान्त, #कोरोना र #मानवहत्या

Image
 #युजेनिक्स #सिद्घान्त, #कोरोना र #मानवहत्या  प्रकाश थापा  लेखकः लाङटाङदेखि लन्डनसम्म  #विषय #प्रवेशः  मूलतः यस लेखमा युजेनिक्स सिद्घान्तको प्रतिपादन र यसले तत्कालीन समयदेखि मानवजातिको उच्च वंशाणुगत गुणको आधारमा तल्लो या कमसल प्रजातिहरुको जनसंख्या कसरी घटाइने गरेको छ र त्यसका लागि मानिसको समूहगत हत्यादेखि नाजी युजेनिक्सले गरेको ग्यास च्याम्बरको मानव संहार लगायत युरोप अमेरिका हुँदै विश्वका विभिन्न देशहरुमा यस सिद्घान्तका नाममा आजसम्म कसरी मानिसहरुको आम हत्या गरी कम उन्नत नश्लका मानिसहरु तथा कमजोर, असहाय, गरिब, अल्पसंख्यक, सिमान्तकृतहरुलाई कसरी समाप्त पारिँदैछ भन्ने बारेमा चर्चा गरिने छ ।  यस प्रकार युजेनिक्स सिद्घान्तले राम्रो एवम् उच्च मानव नश्ललाई प्रश्रय दिँदै कसरी निम्न या कमसल नश्ल या समूहका जाति, प्रजातिहरुलाई होलोकास्टको रुपमा विकसित देशहरुले नरसंहार गर्दैछन् तथा कोरोना भाइरसको नाममा अहिले पनि कम विकसित मानव नश्ल, जाति, प्रजाति या विपन्न देशका नागरिकहरुलाई ठुलो सँख्यामा पृथ्वीबाट नष्ट गरिने अभियान सन्चालन गरिँदैछ भन्ने बारेमा थप प्रकाश पार्ने प्रयास यस लेखमा गरिने छ  । सारमा नाजी