युजेनिक्स #सिद्घान्त, #कोरोना र #मानवहत्या

 #युजेनिक्स #सिद्घान्त, #कोरोना र #मानवहत्या 


प्रकाश थापा  लेखकः लाङटाङदेखि लन्डनसम्म 



#विषय #प्रवेशः 

मूलतः यस लेखमा युजेनिक्स सिद्घान्तको प्रतिपादन र यसले तत्कालीन समयदेखि मानवजातिको उच्च वंशाणुगत गुणको आधारमा तल्लो या कमसल प्रजातिहरुको जनसंख्या कसरी घटाइने गरेको छ र त्यसका लागि मानिसको समूहगत हत्यादेखि नाजी युजेनिक्सले गरेको ग्यास च्याम्बरको मानव संहार लगायत युरोप अमेरिका हुँदै विश्वका विभिन्न देशहरुमा यस सिद्घान्तका नाममा आजसम्म कसरी मानिसहरुको आम हत्या गरी कम उन्नत नश्लका मानिसहरु तथा कमजोर, असहाय, गरिब, अल्पसंख्यक, सिमान्तकृतहरुलाई कसरी समाप्त पारिँदैछ भन्ने बारेमा चर्चा गरिने छ । 


यस प्रकार युजेनिक्स सिद्घान्तले राम्रो एवम् उच्च मानव नश्ललाई प्रश्रय दिँदै कसरी निम्न या कमसल नश्ल या समूहका जाति, प्रजातिहरुलाई होलोकास्टको रुपमा विकसित देशहरुले नरसंहार गर्दैछन् तथा कोरोना भाइरसको नाममा अहिले पनि कम विकसित मानव नश्ल, जाति, प्रजाति या विपन्न देशका नागरिकहरुलाई ठुलो सँख्यामा पृथ्वीबाट नष्ट गरिने अभियान सन्चालन गरिँदैछ भन्ने बारेमा थप प्रकाश पार्ने प्रयास यस लेखमा गरिने छ  ।

सारमा नाजी युजेनिक्स मानवसंहारबाट परिवर्तित हुँदै आजको विश्वमा चलिरहेको आधुनिक नरसंहारवादी सिद्घान्त लाई आधुनिक युजेनिक्स अथवा वैज्ञानिक जातिप्रथा  अर्थात् साइन्टिफिक रेसिजम् भनिन्छ । 

  

 #युजेनिक्स सिद्घान्त र यसको परिभाषा 


युजेनिक्स शब्द ग्रीक भाषाको ‘यु’ अर्थात् उच्च नश्ल र ‘जेनिक’को अर्थ अस्तित्वगत निरन्तरता भन्ने बुझाउँछ र यसका लागि निम्न या कम विकसित नश्ललाई मूलधारबाट व्रmमशः बहिष्करणमा पार्दै लगिन्छ र अन्ततः तिनीहरुको समूल नष्ट गरी सम्पूर्ण प्रजातिको विनाश गरिन्छ । 


उन्नाइसौँ शताब्दिको शुरुतिर युजेनिक्स सिद्घान्तलाई मानिसको खास समूहको प्रजातिको विकासको रुपमा व्याख्या गरिएको थियो । त्यसो त प्राचीन ग्रीसमा पनि प्लेटोको ‘निश्चित जातिको प्रजनन्’ सिद्घान्तका आधारमा यसको प्रयोग गरिएको देखिन्छ भने उन्नाइसौँ शताब्दिको उत्तरार्धमा बेलायतमा युजेनिक्स सिद्घान्तको प्रयोग भएको देखिन्छ र जुन व्mमशः क्यानडा, अष्ट्रेलिया, अमेरिका तथा युरोपका अधिकाँश मुलुकहरुमा समेत फैलिएको पाइन्छ । मूलतः ती देशहरुका विशेष उच्च नश्लका प्रजातिहरुको विकास र संरक्षण (जेनेटिक स्टक) मा जोड दिएको पाइन्छ । 


यसका लागि उनीहरुले उच्च प्रजातिका मानव नश्लहरुलाई सनतान उत्पादन गराउन र उनीहरुको संरक्षण  गर्न थाले भने त्यसको ठिक पिपरीत निम्न कोटिका अर्थात् कमसल प्रजातिका मानिसहरु जस्तै शारीरिक दुर्बलता भएका, मानसिक रुपमा कमजोर देखिएका, सामान्य ज्ञान कम भएका, अपराधी मनोवृतिका, अराजक एवम् मिन्न प्रकृतिक तथा अल्पसंख्यक जातिका समुदायहरुलाई चाहिँ विवाह गर्न प्रतिबन्ध लगाउने  तथा महिला बन्ध्याकरण एवम् भ्यासेक्टोमी  आदि प्रकृयाहरुबाट तिनका सन्तानको  जन्मदरमा नियन्त्रण अर्थात् बर्थ कन्ट्रोल गर्न दवाव दिन शुरु गरियो । 


 #नाजी युजेनिक्स, हिटलर र मानव होलोकास्ट 

 युजेनिक्सको यही आधुनिक जातप्रथा अर्थात् उनीहरुको भाषाको साइन्टिफिक रेसिजम् , उच्च जातीय एवम् नश्लीय छनौटको सिद्घान्तलाई अनुशरण गर्दै जर्मनीमा हिटलरले सन् १९४१ देखि सन् १९४५  सम्म युरोपभरि अलपसँख्यक रुपमा छरिएर रहेका यहुदी सम्प्रदायहरुमाथि विभत्स मानव संहारको शुरुवात गरे भने करिब ६० लाख देखि एक करोड अल्पसँख्यक यहुदीहरुलाई हिटलरको नाजी सरकारले कानुन नै पारित गरी ग्याँस च्याम्बरमा नृशंस हत्या  ग–यो  र यसप्रकार जर्मनीमा त्यहाँका नोर्डिक आर्य जातिहरुले आफ््नो उच्च जातीय नश्लको संरक्षण ग–यो भने आम अल्पसँख्यक यहुदी जातिहरुको कत्लेआम हत्या गरिदियो ।

 

 यद्यपि दोस्रो विश्वयुद्घ अर्थात् सन् १९४५ पछि भने युरोपका देशहरुमा नाजी युजेनिक्स द्वारा गरिएको ग्याँस च्याम्बरको मानवसंहारको कारण मानिसहरुले स्वतन्त्रता, मानव अधिकारजस्ता विषयहरुमा बहश शुरु गरे भने युजेनिक्स सिद्घान्तलाई परित्याग गर्न शुरुवात गरे । यद्यपि अमेरिका, क्यानडा, स्वीडेन आदि पश्चिमा देशहरुले भने दोस्रो विश्वयुद्घ पछि पनि युजेनिक्स सिद्घान्त एवम् विचाधारलाई आफ्ना देशहरुमा कायमै राखिरहे । 


#युजेनिक्स र मानवहत्याको प्राचीन शृङखला 

त्यसो त युजेनिक्सको अभ्यास सयौँ वर्ष अघिदेखि रहेको पाइन्छ । ब्राजिलका केही आदिवासीहरुले यदि आफ्नो सन्तान असक्षम, कमसल या दुर्बल प्रकारको जन्म्यो भने त्यस बच्चालाई पहिलो एक वर्ष भित्रैमा मारेर फाल्ने गरेको पाइन्छ भने ग्रीसमा पनि प्राचीन समयदेखि नै युजेनिक्सको अभ्यास कायम भएको देखिन्छ । ग्रिक दार्शनिक प्लेटाको कथन जस्तैः ‘एक उच्च नश्लीय अभिभावकको लागि निश्चित खालको पुरुष र महिला बिचको प्रजनन् ’ ले पनि ग्रीसमा युजेनिक्स सिद्घान्त प्रयोगमा रहेको पाइन्छ । तत्कालीन ग्रीसको स्पार्टा सहरमा जन्मेका हरेक बच्चााहरुलाई त्यहाँको सिटी काउन्सिलले निरीक्षण गथ्र्यो, जसलाई द जेरोसिया भनिन्थ्यो, र त्यसले नै नवजात बच्चाहरुलाई बाँच्न दिने या नदिने अन्तिम निर्णय गथ्र्यो । यसप्रकार त्यहाँ बच्चाको बाबुआमाले आफ्ना् बच्चालाई बचाउने या नबचाउने निर्णय गर्न सक्दैनथे । रोमन गणतन्त्रमा पनि त्यहाँको सरकारी कानुनले नै कमसल नश्ल या कमजोर बच्चा जन्मिएमा उसको बाबुले नै आफ्नो बच्चालाई मारेर फाल्न पाउने अधिकार नै दिएको थियो । 


#वंशाणुगत निर्णायक अधिनायकत्व  ( जेनेटिक डिटरमिनिजम् ) 

पछिल्लो समयमा मानव प्रजातिको निश्चित उच्च स्तरीय नश्लहरुको संरक्षण र सम्वर्धन  एवम् कमसल प्रजातिहरुको विघटन गनेृ गरी युजेनिक्स सिद्घान्तलाई व्यवहारमा ल्याउने पहिलो व्यक्ति बेलाइतका फ्रान्सिस गाल्टन हुन् । गाल्टनको नजिकका नातापर्ने व्यक्ति थिए चाल्र्स डार्बिन । उनले डार्बिनको प्रसिद्घ पुस्तक ‘प्राकृतिक छनोटको सिद्घान्त’ पढेका थिए । डार्बिनले खासगरी विरुवा तथा जनावरका प्रजातिहरुलाई तिनको आनुवंशिक गुणहरुको विकास गर्न सकिने र सम्भवतः यसलाई मानव जातिमा पनि प्रयोग गर्न सकिने कुरा उल्लेख गरेका छन् । 


गाल्टनले , पछि चाल्र्स डार्बिनको मृत्यु पछि  अनुसन्धान शुरु गरे र जसलाई उनले ‘आनुवंशिक निर्णायक अस्तित्व’ अर्थात् जेनेटिक डिटरमिनिजम् भन्ने नाम दिए । उनको अनुसार मानिसको विकासमा शिक्षा, संस्कार र परिवेश भन्दा पनि उसको आनुवंशिक गुण नै बढी निर्णायक हुन्छ । यसर्थ  गाल्टनले उच्च नश्लका मानिसहरुको विकास र कमसल नश्लका मानिसहरुलाई व्रmमशः नष्ट गर्दै जानु पर्ने विचार अगाडि ल्याए । 


#विश्वविद्यालयहरुमा युजेनिक्सको अध्ययन 

हाल पश्चिमी देशका कैयन् विश्व विद्यालयहरुमा युजेनिक्स सिद्घान्तको अध्ययन, अनुसन्धान एवम् बिस्तारको लागि कैयन् दातृ निकायहरुले लगानी गरिरहेका छन् सन् १९०७ मा द ब्रिटीश युजेनिक्स सोसाइटी  र सन् १९२१ मा द अमेरिकन युजेनिक्स सोसाइटीको गठन गरियो  र त्यस पश्चात् त्यहाँ ती समूह, सङगठनहरुले  युजेनिक्सलाई आम रुपमा फैलाउन र मानिसहरुको समर्थन लिन शुरु गरे  । पाठ्यव्रmमहरुमा त्यस किसिमका विचाहरु सम्प्रेषण गर्न लागियो भने अभिभावकहरुमा त्यस प्रकारका विचाहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न सुझाव दिइयो । 


 सन् १९०९ मा एङ्गलिकन चर्चका अधिकारीहरु विलियम  इन्ज र जेम्स पिली दुवैले युजेनिक्स एजुकेसन सोसाइटीको समर्थनमा आफ्ना लेखहरु प्रकाशन गरे । र पछि सन् १९२१ मा अमेरिकामा गरिएको अन्तरराष्ट्रिय युजेनिक्स कन्फरेन्समा विलियम इन्जलाई प्रमुख वक्ताको रुपमा बोलाइएको थियो भने यस कार्यकार्यवm्रमलाई रोमन क्याथोलिक चर्चका प्रमुख प्याट्रिक जोसेफ हायसले सहयो गरेका थिए । 


पछि सन् १९१६ म युजेनिसिस्ट समर्थक मेडिसन ग्र्यान्टले द पासिङ अफ द ग्रेट रेस पुस्तक लेखे जसलाई पछिसम्म पनि आप्रवासनमा कडाइ गर्नुपर्ने तथा आधुनिक जातवाद अर्थात् वैज्ञानिक जातीवाद पक्षधरहरुले हाल पनि अनुसरण गरिरहेका छन् ।


#एडोल्फ हिटलर र नाजी युजेनिक्स

जर्मनीका तानाशाह एडोल्फ हिटलरले युजेनिक्स सिद्घान्तकै अनुसार अल्पसँख्यक एवम् तल्लो दर्जाका भनिएका जातिहरु जस्तै जिप्सी , यहुदी हरुबाट जमैनीको कथित आर्यन उच्च जातिलाई बचाउन कन्सनट्रेसन क्याम्प बनाएर ६० लाखभन्दा बढी यहुदीहरुको नृशंस हत्या गरे । 

ततकालीन ग्याँस च्याम्बरका डाक्टर जोसेप मेनोलले क्याम्पका यहुदी बन्दीहरुमाथि आँखामा केमिकल आइड्रप राखेर बन्दीका आँखाहरु नीलो रङको बनाएका थिए भने कैयन् मानिसहरुमा इन्जेक्सनको माध्यमबाट संक्रमण गराई कमजोर बनाई कतिपयहरुलाई बिना एनास्थेसिया अपे्रसन गरेका थिए जसबाट लाखौँ यहुदी बन्दीहरुको मृत्यु भएको थियो । 


#आधुनिक युजेनिक्स अर्थात् जेनेटिक ह्युमन इन्जिनियरिङ 


दोस्रो विश्वयुद्घपछि  र हिटलरको नाजी युजेनिक्सको मानवसँहारपछि तुलनात्मक रुममा युजेनिक्स सिद्घान्तको प्रसारमा केही कमी आए तापनि हाल युजेनिक्स नयाँ स्वरुपहरुमा देखा परिरहेको छ । 


आजको विश्वको युजेनिक्स भनेको ह्युमन जेनेटिक इन्जिनियरिङ हो , जसले मानिसको जिनलाई परिवर्तन गर्न, बदल्न या हटाउन सक्छ । कतिपय अनावश्यक र कमजोर गुणहरु तथा कतिपय घातक रोगहरुलाई हटाइदिन समेत सक्छ । त्यस्तै बच्चाहरुलाई पेटभित्रनै परीक्षण गरी यदि कमसल गुणको भएको पाइएमा उसलाई जन्म नै नदिई पेटभित्रनै उसको हत्या गरिन्छ । 


#जन्ममाथि नियन्त्रण अर्थात् फोस्र्ड स्टेरिलाइजेसन


अमेरिकामा सन् १९०९ देखि सन् १९८० सम्म गरिएको युजेनिक्स अभ्यासले भयावह परिणामहरु ल्यायो । क्यालिफोर्नियाका मानसिक अस्पतालहरुमा मात्रै २० हजार को संख्यामा मानिसका बच्चाहरुलाई पेटभित्रै हत्या गरेर मारियो । यसप्रकारका प्रयोगहरु, अधिकाँश हत्याहरु अल्पसँख्यक या मानसिक रुपमा कमजोर रहेका मानिसहरुमाथि गरिएको थियो । सन् १९२७ मा त अमेरिकाको सुप्रिम कोर्टले नै अशक्त ठहरिएका हरुलाई बच्चा जन्माउननै प्रतिबन्ध लगायो जसका कारण उनीहरले पेटभित्रनै बचचाहरुलाई मार्नु पर्ने भयो । 

त्यस्तै अमेरिकाकै कनेक्टिकट राज्यमा एपिलेप्सी अथवा अन्य कुनै कमजोर मनस्थिति भएका मानिसहरुलाई कनाुनी रुपमा नै विवाह गर्न प्रतिबन्ध लगाइयो ।


#युजेनिक्स र नोर्डिक ककेसियन जातिको कथित उच्चता 

 

हाल अन्तर्राष्ट्रिय रुपमा नै युुजेनिक्स सोसाइटीहरुले काम गरिरहेका छन् । मूलतः केज विल्हेम इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी, ह्युमन हेरडिटी  एन्ड युजेनिक्स जस्ता संस्थाहरु अहिले पनि मानिसको प्रजातिको उच्च नातीय नोर्डिक नश्ल अर्थात् ककेसियन नोर्डिक नश्लको संरक्षण गर्दै असक्षम, कमजोर एवम् अनफिट नश्लको  समूल नष्ट  गरिनुपर्ने कुरामा विश्वास गर्छ । 

 नर्डिक ककेसियन नश्लमा विशेषगरी उत्तरी युरोपका एङग्लोसेक्सन, जम्र्यानिक, बाल्ट, बाल्टिक फिन, उत्तरी फ्रेन्च तथा केही केल्टजातिका मानिसहरु पर्दछन् । 

यसर्थ युजेनिक्स सिद्घा्न्त मूलतः जातिवादी छ किनकि यसले ‘जन्मका आधारमा सबै मानिसहरु बराबर छन’ भन्ने मान्यतालाई नै इन्कार गर्छ र सट्टामा वंशाणुगत गुण (जिन) कारणलले मानिसहरु फरक जन्मन्छन् भन्ने क्रामा विश्वास गर्छ , र यसप्रकार युजेनिक्स सिद्घान्तले संसारभरिबाट कमसल नश्लका, कमजोर एवम अशक्त, असक्षम जातिका मानिसहलाई कानुन बनाएर नै अर्थात् ती देशहरुमा बर्थ कन्ट्रोल यानेकी जन्ममाथिनै नियन्त्रण गर्ने गर्छ । 


#हिटलरको नाजी युजेनिक्सको नयाँ रुप कोरोना युजेनिक्स 


वास्तवमा प्रकृती, प्राकृतिक जीवन, योग, ध्यान, प्राकृतिक चिकित्सा, सकारात्मक सोच, बुद्घको जीवन दर्शन, शान्ति, करुणा पूर्वीय सभयताका अमूल्य निधिहरु हुन् । यदपि मानिसहरु सभ्यताको व्रmमिक विकाससँगै निरन्तर जटिलताहरुतिर उन्मुख भइरहेका छन् । मानिसहरुमा लोभ, इष्र्या, प्रतिस्पर्धा, पद, प्रतिष्ठा, सत्त्ता प्राप्तिको आकाँक्षा आदि विविध नकारात्मक प्रभावहरुका कारण मानिस हरेक क्षण हिँस्रक र आव्रmामक बन्दै गइरहेको छ । 

सारमा विज्ञानले मानिसहरुको जीवन धेरै हदमा सहज एवम् विलासी  बनाइदिएको त छ तथापि  मानिसहरुमा अनगिन्ती समस्याहरु पनि पैदा गरिदएको छ । 

र यसप्रकार हिटलरको नाजी ग्याँस च्याम्बर, ग्रीसेली र रोमन सभ्यताहरुदेखि मानिसले आफ्नो उच्च नश्लको संरक्षण गर्ने महत्वाकाँक्षले कमजोर एवम् कमसल नश्लका मानिसहरुको सँहार गर्ने प्रचलन देखिन्छ । 

वर्तमान विश्वमा पुरानो मानवहत्याको युजेनिक्सले आफेनो स्वरुप परिवर्तन गरी आधुनिक युजेनिक्स अर्थात् आधुनिक जातीवाद (साइन्टिफिक रेसिजम्) मा परिवर्तन भएको छ र यसले निरन्तर मानिसहरुको हत्या गर्ने अभियानतर्फ अग्रसर भएको देखिन्छ । 

अहिले विश्व आधिुनक कोरोना युजेनिक्सले मानिसहरुको जीवनमाथि नृशंस दमन गरेको छ । मानिसहरु लाखौँ ले आत्महत्या गरिसकेका छन्, कोरोना आतङ्कवादका कारण भने नेपालमा पनि यसबिच पाँच हजार भन्दा बढी मानिसहरुले आत्महत्या गरिसकेका छन्


#कोरोना युजेनिक्स  र मानवहत्याको अन्तहीन शृङखला


हाल कोरोना मानवहत्याको युजेनिक्सले पनि  संसारका सरकारहरु, न्यायालय, प्रशासन, मिडिया, चिकित्सकहरुलाई प्रलोभनमा पारेर मानिसको हिँडडुल गर्न पाउने  नैसर्गिक हधिकारहरु नै कुण्ठित गरी मानिसहरुलाई वषौँसम्म घरभित्र थुनी  जुन हदको आतङ्क मच्चाइरहेका छन् यो केवल नाजी युजेनिक्सकै परिवर्तित स्वरुप नै हो , र यो नाजी हिटलरहरुको युजेनिक्स भन्दा अलिक फरक शैलीमा जस्तै लकडाउन, आइसोलेसन, क्वारन्टिन तथा फेसमास्कको प्रयोग आदिका माध्यमबाट गरिएको छ  तर यसको सार भनेको पनि मानवहत्याको अनन्त शृङखला नै हो । 


स्पष्ट के देखिएको छ भने कोरोना युजेनिक्स पनि अन्ततः जातीवादी , नश्लीय मानव सँहारकारी विश्व अभियान हो । यसमा एलिटहरु, संभ्रान्तहरु, कथित उच्च जातिय नर्डिक युरोपियन जातिहरु, राजनीतिज्ञहरु, कर्पोरेट पुंजीपतिहरु मात्र सुरक्षित रहनेछन् । 


तर सामान्य नागरिकहरुको भने लाशमाथि समेत कब्जा गरिएको छ । सामान्य रुघाखोकी त्यो पनि करिब १ प्रतिशत जति मात्र मृत्युदर भएको रोगलाई महामारी भनिनु, प्रत्येक गाउँ, जिल्ला, नगर, सहर, टोलहरुमा लकडाउन गरी मानिसहरुलाई सम्पर्कविहीन गराइ मनोवैज्ञानिक रुपमा आतङ्कित पारी घरमा थुनेर राखिएको छ । र मानिस स्वयंको घरलाई नै ग्याँस च्याम्बरको रुपमा परिणत गरिएको छ । 


र यसरी लगातार वषौँसम्म अझै लकडाउन गरिने सम्भावना हरु छन्, ता कि मानिसहरु आफ्ना कामहरु, व्यवसायहरुबाट विस्थापित हुनेछन, उनीहर मारिनेछन्, तिनका सम्पत्तिहरु लुटिने छन्, अभिव्यक्ति स्वतन्त्रताहरु पुरै कुण्ठित गरिनेछ , एक ठाउँबाट अर्को ठाउँ, एक गाउँबाट अर्को गाउँसम्म मानिसहरु जान समेत पाउने छैनन्, बिरामीहरु अस्पतलसम्म जान सक्ने छैनन्, विद्यार्थीहर सहजरुपमा अध्ययन गर्नबाट वन्चित हुनेछन्, र मानिसहरुलाई एक निरीह वस्तुको रुपमा रुपान्तरण गरिनेछ , तिनका संस्कृति, सभ्यता, विचार, समूह, शिक्षा, सृजनशीलता, परिवार, प्रकृति सबैमाथि दमन गरिनेछ र अन्ततः विश्वका एलिटहरु, उच्च नश्लीय जातिहरु, संभ्रान्तहरुले फेरि तत्कालीन जर्मनीका हिटलरले जस्तै हाम्रा गाउँ, टोल, सहर, बजार, जिल्ला, प्रदेश र सिंगो देशलाई ग्याँसच्याम्बरहरुमा परिणत गर्नेछन र जहाँ करोडौँ, अरबौँ मानिसका चिहानहरु हुनेछन् । 


र सीमित छनौटमा परेका जातिहरु, नश्लहरु, संभ्रान्त एलिट कर्पोरेट पुँजीपतिहरु मात्र जीवित रहने छन् ।


र यस अर्थमा कोरोना युजेनिक्स पनि मानव हत्याको एक अन्त्यहीन शृङखला हो ।


References:

"Eugenics." History: #1Factual Entertainment Brand, www.history.com/topics/germany/eugenics. Accessed 25June 2021.


"Eugenics." Wikipedia:The Free Encyclopedia,www.en.wikipedia.org/wiki/eugenics. Accessed 25 June 2021.


Norgaard Karen."Human Testing, The Eugenics Movement and IRBs,www.nature.com/Scitable/topic page/human-testing-the-eugenics-movements-and-irbs-724. Accessed 25 June 2021.

Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

PhD Synopsis by Prakash Thapa