पाईलट निस्सिम थापाकाे प्याराग्लाइडिङ दुर्घटना तथा नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीहरुद्वारा कराेडाैँ रकम दुरुपयाेग : एक अध्ययन

 

पाईलट निस्सिम थापाकाे प्याराग्लाइडिङ दुर्घटना तथा  नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीहरुद्वारा कराेडाैँ  रकम दुरुपयाेग : एक अध्ययन







विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि वर्ल्डकपहरुमा सहभागी भई नेपाललाई विश्व जगतमा चिनाउन सफल तथा पृथ्वी नारायण क्याम्पस पोखरामा एम.ए. समाजशास्त्र द्वितीय वर्षमा अध्ययनरत एक कुशल एवम् दक्ष पाइलट निस्सिम थापाको मिति २०७९ साल असोज ३० गतेका दिन क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सहभागि हुने क्रममा आयाेजकहरु नेफा काठमान्डुका तत्कालीन पदाधिकारीहरु रुप नारायण श्रेष्ठ, शैलेन्द्र राउत तथा इन्द्र भण्डारी,  नेपाल हवाई खेलकुद संघ पाेखराका तत्कालीन अध्यक्ष सुनिल बहादुर भट्टराई, राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ तथा तत्कालीन युवा तथा खेलकुद मन्त्री माननीय  महेश्वरजङ गहतराज आदिका गम्भीर लापरवाही तथा सराङकाेट स्थित किरण केसीकाे के.सी. कन्स्ट्रक्सन भित्र रहेकाे ब्लुस्काई टेकअफ जाेन र उक्त साईटमा केसी कन्स्ट्रक्सनले उडान क्षेत्रसँगै रहेर पनि पाेखरा महानगरपालिकाकाे अनुमति बिना दशाैँ हजार धारिला फलामे रडहरु सहितकाे जाेखिमयुक्त भवन संरचनाहरु निर्माण गरिरहनु र साेही जाेखिम स्थानमा नागरिक उड्डयन प्राधिकरणकाे अनुमति बिना  प्रतियाेगिता सन्चालन गरिनुकाे कारण पाइलट निस्सिम थापाकाे दुर्घटना हुनपुगी निधन भएको देखिन्छ। 


उक्त दुर्घटनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एशाेसिएसन (नेफा)  काठमान्डुका पदाधिकारीहरुले  प्याराग्लाइडिङ जस्ताे नितान्त हवाई विधालाई गैर कानूनी रुपमा नागरिक उड्डयन प्राधिकरणकाे अनुमति बिना राष्ट्रिय खेलकुदमा समावेश गरी आठाैँ राष्ट्रिय हुँदै नवाैँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा प्याराग्लाइडिङकाे नाममा पाइलटहरुकाे जीवन जाेखिममा राखी आफूहरुले पचासाैँ लाख रकम पेश्की लिएर दुरुपयाेग गरेका  छन् भने यस बाहेक प्याराग्लाइडिङकाे तयारीकाे लागि प्राप्त हुन आउने अरु ठुलाे धनराशी पनि दुरुपयाेग गरेका हुन सक्छन् । 


उदाहरणकाे लागि नेफाका तत्कालीन महासचिव शैलेन्द्र राउत मार्फत् निम्न अनुसारका रकमहरु नेफाले राष्ट्रिय खेलकुद परिषदबाट लिई प्याराग्लाइडिङकाे नाममा दुरुपयाेग गरेकाे पाइएकाे छ, यद्यपि नवाैँ राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतियाेगिताका विजेताहरुलाई कुनै पुरस्कारकाे व्यवस्था गरिएकाे छैन। 


यसर्थ पैसाकाे चलखेलकाे लागि नै उनीहरुले नवाैँ राष्ट्रिय खेलकुद शुरु हुनुभन्दा जम्मा १६ दिन मात्र अर्थात् मिति २०७९ असाेज १४ गतेमात्र प्याराग्लाइडिङलाई अवैधानिक बाटाेबाट राखेपमा समावेश गराएका  थिए भने असाेजकै ३० गतेे उक्त दुर्घटना भएकाे थियाे  र त्याे पनि केसी कन्स्ट्रक्सनकाे फलामे रडहरुकाे टेकअफ  मैदानमा हतारमा बिना तयारी एवम्  सुरक्षा मापदण्ड नै  प्रतियाेगिता गराइएकाे थियाे जसका कारण पाइलट निस्सिम थापाले आफ्नाे सुन्दर जीवन गुमाउनु पर्याे । 


यसमा तत्कालीन नेफाका प्रशिक्षक तथा उक्त प्रतियाेगिताका मूख्य सेफ्टी डाइरेक्टर याेगेश भट्टराईकाे असक्षमता तथा कमजाेरी पनि पाइलट  निस्सिम थापाकाे दुर्घटना हुनुकाे अन्य कारणहरु मध्ये एक हाे । उनले दिएकाे उडान  निर्देशनकाे करिब ३ मिनेटमा नै पाइलट निस्सिम थापाकाे दुर्घटना भएकाे छ भने उक्त समयमा एकजना शंकास्पद विदेशी पनि आकाशमा नै रहेकाे देखिन्छ भने उनी पनि प्रशिक्षक याेगेश भट्टराई काे अनुमति बिना उड्ने सम्भावना रहँदैन। 


अर्काे कुरा राखेपका तर्फबाट उक्त प्याराग्लाइडिङ प्रतियाेगितामा  प्रमुख प्रशिक्षक एवम् इभेन्ट डाइरेक्टर रहेका याेगेश भट्टराई विगत करिब १२ वर्षदेखि प्याराग्लाइडिङ  नै नउडाई बसिरहेका व्यक्ति हुन् तर अचानक राखेपकाे तर्फबाट राजनैतिक शक्तिकाे दुरुपयाेग गरी प्रतियाेगितामा प्रमुख इभेन्ट डाइरेक्टर  भएर आउनु र उनले त्यस दिनकाे हावाकाे गतिकाे उचित मापन गर्ने क्षमता नराखी उडान अनुमति दिएकाे क्षणभरमै  एक अत्यन्त क्षमतावान पाइलटकाे दुर्घटना हुनुले प्रशिक्षक याेगेश भट्टराईकाे असक्षमता प्रमाणित भएकाे छ भने उनी हाल नेपाल एअरस्पाेर्ट्स एशाेसियसन पाेखरामा पुन: प्रशिक्षककाे भूमिकामा रहनु आम पाइलटकाे जीवनकाे सुरक्षाकाे दृष्टिकाेणले  अत्यन्त खेदजनक देखिन्छ । 


यस बाहेक इन्डाेनेसिया, दक्षिण काेरिया आदि देशहरुमा सम्पन्न प्याराग्लाइडिङका अन्तरराष्ट्रिय प्रतियाेगिताहरुमा पाइलटहरुलाई सहभागी गराउँदा समेत  नेफाका पदाधिकारीहरुले राज्यकाे तर्फबाट कुनै आर्थिक सहयाेग नगरी पाइलटहरुसँग नै आउने जाने खर्चहरु लिइएकाे छ भने नेफाका तत्कालीन महासचिव शैलेन्द्र राउतहरुले भने आफू तथा अप्रतियाेगी आफ्ना मानिसहरुलाई समेत राज्यकाेषकाे पैसाबाट उक्त देशहरुकाे भ्रमणमा  लाने  गरिआएका छन् । 


नेफाका तत्कालीन अध्यक्ष रुपनारायण श्रेष्ठ तथा महासचिव शैलेन्द्र राउतहरुले राजनीतिक एवम् दलीय फाइदा उठाई विगत १५,१६ वर्षदेखि नै संस्थामा रही निम्न प्रकारका दुरुपयाेगहरु गर्दै आइरहेका छन् । 


रकम दुरुपयाेगकाे उदाहरण: 


१. २०७९ आषाढ मसान्तसम्म नेफा ले ३४ लाख ९१ हजार छ सय रुपैयाँ पेश्की लगेर दुरुपयाेग गरेकाे  छ । 

२. २०८०/३/५ काे राखेपकाे पत्र अनुसार नेफाले १० लाख १५ हजार पेश्की बापत दुरुपयाेग गरेकाे छ । प्रमाणकाे लागि २०७८/४/१ काे लेजर फाईल हेर्न सकिन्छ जसमा सूर्य बहादुर कार्की संयाेजक रही  महासचिव शैलेन्द्र राउतले १० लाख १५ हजार पेश्की रकम लगेकाे देखिन्छ । यस रकममा अझै नवाैँ राष्ट्रिय खेलकुद अन्तर्गत दुरुपयाेग गरिएका रकमहरु समावेश गर्न बाँकी नै रहेकाे छ ।  



यसर्थ दाेषीहरुमाथि आवश्यक कारवाहीका साथै पाइलट निस्सिम थापाकाे लागि उचित क्षतिपूर्तिकाे लागि माग गर्दछाैँ । 


प्रकाश थापा, अध्यक्ष, निस्सिम थापा फाउन्डेसन पाेखरा


Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

PhD Synopsis by Prakash Thapa