निस्सिम, आकाशकाे #स्वतन्त्रता र #वर्ल्डकप #प्रतियाेगिता




 भाग २ : #निस्सिम, #आकाशकाे #स्वतन्त्रता र #वर्ल्डकप #प्रतियाेगिता 

लेखक: #प्रकाश #निस्सिम #थापा 


निस्सिमकाे नाम पनि नेपालमै एकप्रकारले नाैलाे नै छ। नेपालमा मुश्किलले एक दुई जनाले मात्र याे नाम राखेका हाेलान् । 


निस्समकाे नेपाली भाषाकाे शाब्दिक अर्थ चाहिँ धेरै, प्रशस्त भन्ने हाे । भारतमा पनि एकजना प्रसिद्द लेखक छन् निस्सिम इजकियल भन्ने । शुरुमा २०५१ सालतिर पाेखरामा एम ए अंग्रेजी साहित्य पढ्ने बेलामा मैले निस्सिम इजकियलका  केही कविताहरु र लेखहरु पढिसकेपछि नै मलाई याे नाम प्रति एकखालकाे आकर्षण रहिरहेकाे थियाे र निस्सिम जन्मेपछि उसलाई यही नाम दिने निर्णय गरेँ , तथापि यस नाम भन्दा अगाडि उसलाई अक्षाँश नामले पनि बाेलाउने चाहिँ गरिन्थ्याे । त्यसै कारणले पनि निस्सिमले आफ्नाे इमेल मा अझैपनि axamxa1@gmail.com राखिरहेकाे छ, भने उसकाे एप्पल आइडि पनि यही नै छ । 


जब निस्सिमले तत्कालीन समयकाे एसएलसी परीक्षा सकायाे, तब परीक्षाकाे अन्तिम दिनमा मैले उसलाई महेन्द्रपुल स्थित पाेखरा म्युजिक हाउसमा गएर इलेक्ट्रिक गिटार र साउन्डबक्स किनिदिएँ । त्यसदिन ऊ अत्यधिक खुशी भएकाे थियाे । 


त्यसपछि उसलाई सँगीतकाे आधिकारिक ज्ञान सिकाउने उदेश्यले महेन्द्रपुलस्थित केलिडाेस्काेप म्युजिकमा गिटार क्लास सिक्न पठाएँ । यद्यपि केलिडाेस्काेप साँगितिक समूह तीन महिनापछि पुनः काठमान्डु नै फर्कने भएकाेले निस्सिमकाे साँगितिक कक्षा राेकिन पुग्याे । केलिडाेस्काेपकाे सिकाई धेरै स्तरीय थियाे भन्ने कुरा निस्सिमले थाेरै समयमा गरेकाे अप्रत्यासित सफलताबाट सहजै अनुमान गर्न सकिन्थ्याे । 


पछि निस्सिम र उसका साथीहरु मिलेर एउटा म्युजिकल ब्यान्ड पनि खाेलेका थिए र उनीहरुले रेडियाे अन्नपूर्णबाट अन्तर्वार्ता समेत दिएका थिए भने उनीहरुकाे ब्यान्डकाे नाम "बम्ब ड्रपर" थियाे र याे नाम  निस्सिमले नै सुझाएकाे थियाे । 


त्यस्तै सन् २०११ काे मे महिनामा तत्कालीन रिड मन्टेश्वरी स्कुल स्थापनाकाे उद्घाटनकाे शुरुकाे दिनमा निस्सिमले ट्रयासी च्च्यापम्यानकाे गीत टकिङ अबाउट रेभाेल्युसन गाएकाे थियाे । उसले याे गीत निकै राम्राेसँग गाएकाे हुनाले उसलाई मैले माछापुच्छ्रे एफएममा मैले चलाउने गरेकाे पाेजिटिभ भाइब्रेसन कार्यक्रममा पनि याे गीत पुन: गाउन लगाएकाे थिएँ । त्यस्तै मुक्तिनाथ दर्शन गरेर दिदीहरुपाेखरा आउनुहुँदा नारायण गाेपालकाे केही मीठाे बात गर गीत पनि हामी सबै मिलेर गाएका थियाैँ । 


त्यसैगरी निस्सिमले अकस्टिक गिटारमा गाएकाे दामियाँ राइसकाे क्याननबल नामकाे अंग्रेजी गीत मैले सुनेका उसका गीतहरु मध्यकै सबैभन्दा राम्राे गीत हाे भन्ने मेराे ठम्याइ छ । याे गीत मैले निस्सिम थापा फाउन्डेसनकाे टिकटकमा र फेसबुक पेजहरुमा पनि राखिसकेकाे छु । क्याननबल समेत हामीसँग निस्सिमले गाएका छ वटा गीतहरु मात्र उपलक्ध छन् जसमध्ये चारवटा अंग्रेजी र २ वटा चाहिँ नेपाली गीतहरु रहेका छन् । 


निस्सिमले मन पराउने गायकहरुमध्ये ट्रेसी  च्यापम्यान पनि एक हाे । उसले ट्रेसीकाे  फास्ट कार, बेबी क्यान आइ हाेल्ड यु टुनाइट, टकिङ अबाउट रेभाेल्युसनहरु जस्ता प्रख्यात गीतहरु गाएकाे छ   । उसले अरु पनि अंग्रेजी गीतहरु गाएकाे भए तापनि हामीसँग तिनका रेकर्डहरु भने उपलब्ध छैनन् । 


निस्सिमले प्राय: प्याराग्लाइडिङका वर्ल्ड टप पाइलटहरुका फ्लाइटहरु हेरिरहन्थ्याे । उसले सपनाहरु बुनिरहेकाे थिया कि, " म पनि कुनै दिन वर्ल्डकपमा सहभागी हुनेछु र नेपालकाे नामलाई विश्वमाझ चिनाउनेछु   । "  उसले नेपाल लगायत चाइना, मंगाेलिया, इन्डाेनेसिया, दक्षिण काेरिया , इन्डिया आदि देशहरुमा प्रि वर्ल्डकप तथा एशियनकपहरुमा नेपालकाे तर्फबाट सहभागिता जनाइसकेकाे छ भने निस्सिम सहितकाे नेपाली टिम दक्षिणकाेरिया काे गाेचाङमा सम्पन्न प्रि वर्ल्डकपमा द्वितीय भएकाे थियाे। 


क्रमश ….

Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

PhD Synopsis by Prakash Thapa