पाईलट निस्सिम थापाकाे प्याराग्लाइडिङ दुर्घटना तथा नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीहरुद्वारा कराेडाैँ रकम दुरुपयाेग : एक अध्ययन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि वर्ल्डकपहरुमा सहभागी भई नेपाललाई विश्व जगतमा चिनाउन सफल तथा पृथ्वी नारायण क्याम्पस पोखरामा एम.ए. समाजशास्त्र द्वितीय वर्षमा अध्ययनरत एक कुशल एवम् दक्ष पाइलट निस्सिम थापाको मिति २०७९ साल असोज ३० गतेका दिन क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सहभागि हुने क्रममा आयाेजकहरु नेफा काठमान्डुका तत्कालीन पदाधिकारीहरु रुप नारायण श्रेष्ठ, शैलेन्द्र राउत तथा इन्द्र भण्डारी, नेपाल हवाई खेलकुद संघ पाेखराका तत्कालीन अध्यक्ष सुनिल बहादुर भट्टराई, राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ तथा तत्कालीन युवा तथा खेलकुद मन्त्री माननीय महेश्वरजङ गहतराज आदिका गम्भीर लापरवाही तथा सराङकाेट स्थित किरण केसीकाे के.सी. कन्स्ट्रक्सन भित्र रहेकाे ब्लुस्काई टेकअफ जाेन र उक्त साईटमा केसी कन्स्ट्रक्सनले उडान क्षेत्रसँगै रहेर पनि पाेखरा महानगरपालि...