निस्सिम, आकाशकाे #स्वतन्त्रता र #वर्ल्डकप #प्रतियाेगिता

भाग २ : #निस्सिम, #आकाशकाे #स्वतन्त्रता र #वर्ल्डकप #प्रतियाेगिता लेखक: #प्रकाश #निस्सिम #थापा निस्सिमकाे नाम पनि नेपालमै एकप्रकारले नाैलाे नै छ। नेपालमा मुश्किलले एक दुई जनाले मात्र याे नाम राखेका हाेलान् । निस्समकाे नेपाली भाषाकाे शाब्दिक अर्थ चाहिँ धेरै, प्रशस्त भन्ने हाे । भारतमा पनि एकजना प्रसिद्द लेखक छन् निस्सिम इजकियल भन्ने । शुरुमा २०५१ सालतिर पाेखरामा एम ए अंग्रेजी साहित्य पढ्ने बेलामा मैले निस्सिम इजकियलका केही कविताहरु र लेखहरु पढिसकेपछि नै मलाई याे नाम प्रति एकखालकाे आकर्षण रहिरहेकाे थियाे र निस्सिम जन्मेपछि उसलाई यही नाम दिने निर्णय गरेँ , तथापि यस नाम भन्दा अगाडि उसलाई अक्षाँश नामले पनि बाेलाउने चाहिँ गरिन्थ्याे । त्यसै कारणले पनि निस्सिमले आफ्नाे इमेल मा अझैपनि axamxa1@gmail.com राखिरहेकाे छ, भने उसकाे एप्पल आइडि पनि यही नै छ । जब निस्सिमले तत्कालीन समयकाे एसएलसी परीक्षा सकायाे, तब परीक्षाकाे अन्तिम दिनमा मैले उसलाई महेन्द्रपुल स्थित पाेखरा म्युजिक हाउसमा गएर इलेक्ट्रिक गिटार र साउन्डबक्स किनिदिएँ । त्यसदिन ऊ अत्यधिक खुशी भएकाे थियाे ।...