निस्सिमकाे_केस_मन्त्रालयहरुमा_दर्ता_भएकाे_पूर्ण_पाठ

 #निस्सिमकाे_केस_मन्त्रालयहरुमा_दर्ता_भएकाे_पूर्ण_पाठ : 



पर्यटन मन्त्रालय दर्ता नम्बरः १३८४ , दर्ता मितिः २०८० कार्तिक २१  ( युवा तथा खेलकुद मन्त्रालय र क्यानमा पनि दर्ता गरिएकाे ) यसपछि सर्वाेच्च अदालत मा जाने । 


मितिः २०८० कार्तिक २१

श्री माननीय मन्त्री ज्यू

संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय, सिंहदरवार काठमान्डु नेपाल

विषयः पाइलट निस्सिम थापाको प्याराग्लाइडिङ दुर्घटनाको छानबीन गरी दोषीहरुमाथि आवश्य कारवाही प्रकृया अघि बढाइदिनुहुनका साथै उचित क्षतिपूर्ति प्रदान गरिदिनुहुन ।


महोदय  

उपर्युक्त सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि वर्ल्डकपहरुमा सहभागी भई नेपाललाई विश्व जगतमा चिनाउन सफल तथा पृथ्वी नारायण क्याम्पस पोखरामा एम.ए. समाजशास्त्र द्वितीय वर्षमा अध्ययनरत एक कुशल एवम् दक्ष पाइलट निस्सिम थापाको मिति २०७९ साल असोज ३० गतेका दिन क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सहभागि हुने क्रममा आयाेजकहरु नेफा काठमान्डु, ना  पाेखरा,  राखेप आदिका गम्भीर लापरवाहीका कारण दुर्घटना हुनपुगी निधन भएको हुँदा यस सम्बन्ध्मा उक्त दुर्घटनाको छानबीन गरी परिवारका लागि उचित न्याय प्रदान गरिपाउँ भनी निम्न लिखित मागहरु समेत सम्बोधनका लागि पेश गर्दछौँ ।

१. प्याराग्लाइडिङ विधा उड्डयन मन्त्रालय अन्तर्गत पर्ने भएकोले अब उप्रान्त प्याराग्लाइडिङ लाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने र यसलाई युवा तथा खेलकुद मन्त्रालयले सन्चालन गर्ने असंवैधानिक प्रकृयामाथि रोक लगाइदिनुहुन ।


२. नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एशोसिएसन (नेफा) का तत्कालीन पदाधिकारीहरु रुपनारायण श्रेष्ठ (अध्यक्ष), शैलेन्द्र राउत (महासचिव), इन्द्र भण्डारी (सचिव)ले खेल सन्चालन उपसमिति मार्फत् प्याराग्लाइडिङलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति बिना नै राष्ट्रिय खेलकुदमा समावेश गरी लापरवाहीपूर्वक तथा बिना तयारी छोटो समयमा प्रतियोगिता सन्चालन गरेको हुँदा पाइलट निस्सिम थापाको निधन भएकोले उक्त व्यक्तिहरुमाथि आवश्यक छानबीन तथा कारवाही प्रकृया अगाडि बढाइदिनुहुन ।


३. रा.खे.प. ले सन्चालन गरेको उक्त प्याराग्लाइडिङ प्रतियोगिताको टेक अफ जोन (ब्लुस्काई टेकअफ जोन) को जमिनको कुल ८० प्रतिशत भन्दा बढि जग्गामा के. सी. कन्स्ट्रक्सनको जोखिमयुक्त भवन संरचनाहरु  निर्माणहरु भइरहेको र त्यस स्थानमा दशाैँ  हजार फलामका रडहरु भएको र उक्त रडहरु छल्ने क्रममा पाइलट निस्सिम थापाको दुर्घटना भएकोले उक्त टेकअफ जोनमा भवन संरचनाहरु बन्नमा रोक लगाइदिनुहुन ।


४. नेपाल एअर स्पोर्टस् एशोसिएशन (ना) पोखराका तत्कालीन अध्यक्ष सुनिल बहादुर भट्टराई सहितको १२ सदस्यीय निर्णायक समिति मार्फत् प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका राष्ट्रिय खेलहरुमा समावेश गर्न भूमिका निर्वाह गरेको र उक्त कार्य असंवैधानिक कार्य भएकोले निजहरुमाथि आवश्यक कारवाही गरिदिनहुन ।


५. पाइलट निस्सिम थापाले प्याराग्लाइडिङ विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पु–याएको योगदानको कदर गरी उनको संक्षिप्त जीवनी विद्यालय पाठ्यव्रmममा समावेश गरिदिनुहुन ।


६. नेपाल एअरस्पोर्टस् एशोसिएसन (ना) पोखरा अन्तर्गत पाइलट निस्सिम थापाले ट्यान्डम फ्लाइट अन्तर्गत इन्सुरेन्स गरेको भए तापनि ना–पोखराले आजसम्म उक्त इन्सुरेन्सको बारेमा कुनै जानकारी नगराएको र पाइलट निस्सिम थापाको राष्ट्रिय प्रतियोगितामा सहभागि हुने क्रममा आयोजकहरुको गभ्भीर  लापरवाहीका कारण निधन भएकोले उक्त इन्सुरेन्स ट्यान्डम अन्तर्गत भएपनि यो दुर्घटना विशेष प्रकृतिको भएकोले उक्त इन्सुरेन्स उपलब्ध गराइदिनुहुन ।


७. पोखरा सराङकोटको ब्लुस्काई टेकअफ जोनमा रहेको के.सी. कन्स्ट्रक्सनले पोखरा महानगरपालिका बाट अनुमति नलिइ तथा भवनहरु र संरचनाहर उडान मापदण्ड विपरित निर्माण गरिरहेकोले के.सी. कन्स्ट्रक्सनको उक्त गैर कानुनी कार्य बन्द गरिदिनुहुन ।


८. रा.खे.प.ले नवौँ राष्ट्रिय खेलकुद सन्चालन गर्दा राष्ट्रिय खेलकुद निर्देशिका २०७९ अन्तर्गत खेलहरु सन्चालन गरेको र उक्त निर्देशिकामा प्याराग्लाइडिङ खेल समावेश गरिने भन्ने कतै उल्लेख नभएको पाइएको र यस सन्दर्भभमा नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एशोसिएसन (नेफा) का तीन सदस्यीय खेल उपसमितिले गैर कानूनी रुपमा रा.खे.प.मा समावेश गरेको र यस कार्य गैर कानूनी भएकोले उक्त उपसमिति एवम् नेफामाथि छानबीन  गरी कारवाही गरिदिनुहुन ।


९. तत्कालीन ब्लुस्काई टेकअफ जोनको कुल क्षेत्रफलको ८० प्रतिशत जमिनमा के.सी. कन्सट्रक्सन (जयभद्रकाली डेभलपर्स) को जोखिमयुक्त भवन संरचना रहेको र त्यसका लागि पोखरा महानगरपालिकाबाट नक्सापासको अनुमति प्राप्त भएको नदेखिएको हुँदा यस सम्बन्धमा पोखरा महानगरपालिकासँग समन्वय गरी उक्त निर्माण कार्यमा रोक लगाइदिनुहुन ।


१०. प्याराग्लाइडिङ संघ गण्डकीका तत्कालीन अध्यक्ष बसन्तराज दवाडीको यस प्याराग्लाइडिङ प्रतियोगिता सन्चालनमा के कस्तो भूमिका निर्वाह भएको हो र पाइलट निस्सिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा निजको के कस्तो जिम्मेवारी रहने हो त्यस सम्बन्धमा उचित छानबीन गरिदिनुहुन ।  


११. नेफा, ना पोखरा, प्याराग्लाइडिङ  सँघ गण्डकीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिनै नलिई रा.खे.प. सँग समन्वय गरी प्याराग्लाइडिङ विधालाई खेलकुदमा समावेश गरिनु गैर कानूनी कार्य भएको हुँदा उक्त संस्थाहरुका तत्कालीन पदाधिकारीहरु मथि छानबीन गरी आवश्यक कानूनी कारवाही गरिदिनुुहुन ।  


१२. ब्लुस्काइ टेकअफ जोनभित्रका  सगोलमा  रहेका अन्य टेकअफ जोनहरु जस्तै फिस्टेल प्याराग्लाइडिङका प्रकाश श्रेष्ठ, निजी जमिन टेकअफका पाइलट दामोदर पराजुली, एभरेस्ट प्याराग्लाइडिङका निर्मल पाण्डे लगायत ब्लुस्काइ टेकअफका नारायण प्रसाद पराजुलीहरुले आफ्नो टेक अफ जोन सँगै रहेको के.सीं कन्स्ट्रक्सनका किरण के.सी.ले उडान मापदण्ड विपरित तथा नक्सापास बिना जोखिमयुक्त भवनहरु निर्माण गरेको र उक्त स्थानमा दशौँ हजार धारिला फलामका रडहरु भएको र त्यस्तो स्थानमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नहुने कुरा रा.खे.प. लगायत नेपाल उड्डयन प्राधिकरणलाई जानकारी नगराएको कारण निजहरुको लापरवाहीपूर्ण कार्यले पनि पाइलट  निस्सिम  थापाको दुर्घटना हुन पुगेको हुँदा निज हरुमाथि कानूनी कारवाही गरिदिनुहुन ।

 १३. राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भनिएको तर मिति २०७९ असोज ३० गते उक्त दुर्घटना भएको दिनमा त्यहाँ कुनै पनि पत्रकारहरु उपस्थित भएको नपाइएको र घटना सम्बन्धमा पाइलट निस्सिम थापा उडेको करिब १ मिनेटको भिडिओ क्लिप मात्र उपलब्ध गराइएको छ भने अन्य कुनै पनि भिडिओहरु उपलब्ध नगराइएकोले ती सामग्रीहरु आयोजकहरुले लुकाएको हुनसक्ने देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान समेत गरिदिनुहुन ।


१४. पाइलट निस्सिम थापाको दुर्घटना भएको दिन अर्थात् मिति २०७९ असोज ३० भन्दा अगाडिको समयसम्म् ब्लुस्काई टेकअफ क्षेत्रबाट नै सबै व्यवसायिक ट्यान्डम फ्लाइटहरु सन्चालन भइरहनु तर निस्स्मि थापाको दुर्घटना हुने दिनमा चाहिँ सबै ट्यान्डम फ्लाइटहरु सराङकोट ब्लुस्काइ टेकअफको सट्टा तोरीपानीमा सारिनुले पनि घटनामा थप रहस्य र जटिलता देखिएको हुँदा यस सम्बन्धमा आवश्यक छानबीन गरिदिनुहुन ।


१५. दुर्घटना भएको दिन अर्थात्. मिति २०७९ असोज ३० गतेको दिन प्याराग्लाइडिङ प्रतियोगितामा शुरुको उडानमा नै पाइलट निस्सिम थापाको नाम राखिनु, उनले उडान भरेको बिहानको करिब ११.४८ बजेको ठिक ३ मिनेट भित्रमा नै उनको दुर्घटना हुनुले घटना थप रहस्यमय समेत भएको तथा उक्त प्रतियोगिता स्थानमा अधिकाँश आयोजक सदस्यहरु, सेफ्टी डाइरेक्टरहरु, एम्बुलेन्स, रेफ्री तथा अन्य सबै व्यक्ति तथा पक्षहरु प्रायः अनुपस्थित हुनुले पनि दुर्घटनामा आवश्यक अनुसन्धान गरिदिनुहुन ।


१६. प्याराग्लाइडिङ दुर्घटना २०७९ असोजको ३० गते भएको र प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुद अर्थात् नवौँ राष्ट्रिय खेलकुदमा समावेश गरिने निर्णयचाहिँ जम्मा १६ दिन अगाडि अर्थात् २०७९ असोज १४ गतेमात्र निर्णय गरिएको छ । जबकि रा.खे.प.का अन्य खेलहरु सन्चालन गर्नै निर्णय भने २०७९ बैशाख महिनामै गरिसकिएको छ । यसर्थ अन्य सबै खेलहरु नवााैँ राष्ट्रिय खेलकुद हुनुभन्दा करिब ६ महिना अगाडिबाटै पूर्व तयारी गरिएको छ भने प्याराग्लाइडिङ समावेश  गर्ने चाहिँ  ठिक १६ दिन अगाडि मात्रै निर्णय गरिएको छ । यसप्रकार जम्मा १६ दिनको समय अगाडि प्याराग्लाइडिङलाई नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्ने निर्णायकहरुमा नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एशोसिएसन (नेफा) का रुप नारायण श्रेष्ठ, शैलेन्द्र राउत र इन्द्र भण्डारी संलग्न रहेको खेल सन्चालन उपसमिति नै प्रमुख रुपमा जिम्मेवार रहेको देखिएको हुँदा उक्त खेल सन्चालन उपसमितिका पदाधिकारीहरुमाथि आवश्यक छानबीन प्रकृया अगाडि बढाइदिनुहुन  ।


१७. नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) को खास स्पष्ट अफिस नदेखिएको तथा यसका पदाधिकारीहरुले स्ट्याम्प नै खल्तीमा बोकेर हिँड्ने   तर राज्यबाट कराेडाैँ रुपैयाँ खेलकाे नाममा दुरुपयाेग गर्ने प्रकृतिको देखिएको हुँदा निजहरुको कार्यमाथि अनुसन्धान एवम् कारवाही गरिदिनुहुन ।


१८. नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति बिना तथा नेफा, ना, एवम् प्याराग्लाइडिङ सँघ गण्डकी र रा.खे.प. लगायतले लापरवाही एवम् पूर्ण तयारी बिना नै तथा अत्यन्त जोखिमयुक्त संरचना निर्माण भइरहेको के.सी. कन्स्ट्रक्सन सहितको ब्लुस्काई टेकअफ  क्षेत्रमा प्याराग्लाइडिङ सन्चालन गर्दा पाइलट निस्सिम थापाको निधन भएकोले परिवारको लागि उचित क्षतिपूर्ति दिलाइदिनुहुन ।


१९.पोखरा रङ्गशालामा पाइलट निस्सिम  थापाको शालिक निर्माणको प्रकृयालाई यथासम्भव छिटो सम्पन्न गरिदिनुहुन ।


२०. दक्ष एवम् स्तरीय प्याराग्लाइडिङ तालिम एवम् प्रशिक्षणको अभाव भइरहेको र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरको सोलो प्याराग्लाइडिङ प्रतियोगिता सन्चालनको लागि पोखरा सराङकोटको आकाश पोखरा विमानस्थलबाट नजिक रहेकोले सोलो प्याराग्लाइडिङ प्रतियोगिताहरुमाथि पूर्ण  प्रतिबन्ध लगाइदिनुहुन ।

             

निवेदक

प्रकाश थापा, अध्यक्ष , निस्सिम थापा फाउन्डेसन, पोखरा

Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

PhD Synopsis by Prakash Thapa