नेपालका #कुटिल #सकुनि #शासकहरु, #राजा #पृथ्वी र यहाँ #विद्यमान #हजाराैँ वर्षकाे #राजनैतिक षडयन्त्र #प्रकाश थापा, लेखक: लाङटाङदेखि लन्डनसम्म

 #नेपालका #कुटिल #सकुनि #शासकहरु, #राजा #पृथ्वी र यहाँ #विद्यमान #हजाराैँ वर्षकाे #राजनैतिक षडयन्त्र 

 #प्रकाश थापा, लेखक: लाङटाङदेखि लन्डनसम्म


नेपालका शासकहरु यस देशका ८० प्रतिशत बहिष्करण, शाेषण र दलनमा परेका विविध जातिहरुका मानिसहरुलाई राज्यले दिनुपर्ने अति अाधारभूत अावश्यकताहरु जस्तै नागरिक भत्ता १८ वर्षसम्म, बेराेजगार भत्ता , पारिवारिक भत्ताहरु उपलब्ध नगराई तथा तिनका भाषा, धर्म, संस्कृतिहरुकाे संरक्षण एवम् विकास नगरी मात्र चुनाव लड्ने, भाेट लुट्ने र सत्तामा पुगी सिंगाे देशका अर्थतन्त्र माथि लुटतन्त्र चलाउनमा मात्र उद्दत रहेकाेे प्रष्ट देखिन्छ। याे त राजनैतिक चाेरीकाे शासन अर्थात् क्लेप्टाेक्रेसी मात्र हाे । 

लिच्छवीकालमा भारतबाट अाएका शासकहरु, मल्लकालमा अाएका भारतीय शासकहरु तथा शाहवंश जुन भारतबाट अाई शासन गरे र हालका दलहरुकाे मनाेवैज्ञानिक, सांस्कृतिक चरित्र पुरै भारतीय नै छ । 


पृृथ्वी नारायणकाे इतिहास कसले लेखेका हुन्? के त्याे पुरै सत्य छ? लेखिँदैमा सबै कुरा सत्य हुन्छन् ? लमजुङ्का गुरुङ राजाकाे हत्या गरेपश्चात शुरु भएकाे यशाे ब्रह्म शाहकाे शासन, लिगलिग गाेरखामा उनैका कान्छा छाेरा द्रव्य शाहले दलसुर घलेकाे हत्या गरी राज्य हात पारेर शाहवँशले अाफ्नाे वर्चस्व कायम गरेका थिए । जम्माजम्मी करिब ४०० वर्ष नेपालमा  शाहहरुकाे शासन चल्याे तर नेपाल त्यस अवधिभन्दा अगाडि करिब  १ हजार वर्ष ७ सयवर्ष देखि अस्तित्वमानै थियाे । 


गाेरखाका लखन थापा मगर, जय सिंह चुमी मगरहरुलाई तथा  तामाङ राजा, घले राजाहरुलाई जिउँदै काटेकाेे मारेकाे तथ्य लुकाएर एकतर्फी रुपमा लेखिएकाे  इतिहास कसरी सबैकाे इतिहास भयाे? ती टाउकाे काटिने सिंगाे मगर,गुरुङ, तामाङ, नेवा, किरात समुदायहरुलाई साेधेर, तिनीहरुसँग  छलफल गरेर लेखिएकाे थियाे इतिहास? के हाे सामाजिक सद्भाव भनेकाे? पूर्वमा तामाङ राजालाई मारेर याबेङ खाेलामा फालिदिएकाे हुँदा अझै पनि पुराना पुस्ताका तामाङहरु याबेङ खाेला तरेर काठमान्डु अाउँदैनन् र याबेङकाे पानी पिउँदैनन् ।


संघीय राज्यहरु मकवानपुर, पाल्पा, कान्तिपुर, ललितपुर, कीर्तपुर, भक्तपुर लगायत बाइसी चाैबिसी राज्यहरु नेपालकै रा्ज्यहरु थिए । नेपाल भित्रकै राज्यहरुलाई एकीकरण गर्नु पर्छ र?  अहिले पनि त बाइसी चाैबिसीकाे ठाउँमा  ७७ जिल्ला र ७ प्रदेशहरु त छन् नि । तत्कालीन समयमा जग्गाधनी लालपुर्जाकाे तथा नागरिकताकाे व्यवस्था भइनसकेकाे ले जसले राज्यहरु कब्जा गर्याे ती राज्य अन्तर्गतका सबै जग्गा जमिन अाफ्नाे कब्जामा अाउने भएकाे र तिनलाई अाफ्ना मान्छेहरुलाई बिर्तामा बाँड्न सकिने भएकाेले जबर्जस्त राज्यहरुमाथि कब्जा गरिएकाे देखिन्छ। 


राज्य कब्जा गरेपछि काेटकाे माैलाेमा पुराेहितले श्लाेक उच्चारण गरेर राजाकाे हातले पानी चढाएपछि त्यस राज्य अन्तर्गतका  सबै जग्गा जमिन राजाकाे मातहतमा सजिलै अाउने भएपछि कुन बेला कुन राजाले एकीकरणकाे नाममा अाक्रमण गर्छ भन्न सकिने अवस्था थिएन । अाफुले कमाई खाइअाएकाे जग्गा अाज सुतेर भाेलि उठ्दा अर्काे राजाकाे कथित एकीकरणमा परिसकेकाे हुन्थ्याे । राजा पृथ्वी नारायणकाे एकीकरण पनि यही शैलीकाे जमिन कब्जा हाे भन्न सकिन्छ । तत्कालीन समयमा जमिन र अन्नपात कब्जानै त्यस समयकाे वैभव, शक्ति र अर्थतन्त्रकाे अाधार भएकाेले गाेरखाले राज्य बिस्तार गरेकाे देखिन्छ । 


पृथ्वी नारायणकाे जन्म पछि अाजसम्म २९९ वर्ष बित्याे। याे २९९ वर्ष भन्दा अगाडि १ हजार ७ सय वर्षकाे नेपाल अहिलेकाे भन्दा ठुलाे थियाे। त्यतिबेलाकाे नेपाल चाहिँ कसले एकीकरण गरेकाे  थियाे । बरु पहिलेकाे ठूलाे नेपाल शाहवंशकाे पालामा सुगाैली सन्धीबाट सानाे अाकारमा खुम्चन पुग्याे ।


एकीकरणमा हत्या काटमार किन गरियाे? उपत्यका मा राजा पृथ्वीले तिन खण्ड गरी २५ वर्षसम्म नाकाबन्दी गरेका थिए ।एकीकरण गर्दा नाकाबन्दी  गर्न जरुरी किन भयाे? २५ वर्षसम्म उपत्यकामा नुन,तेल, कपास, लत्ता, कपडा लगायत दैनिक जीवनका  अाधारभूत वस्तुहरुमाथि नाकाबन्दी गरिएकाे थियाे । उपत्यकाबासीहरुमाथिकाे अर्थतन्त्र तहसनहस पार्न उनले नुवाकाेट कब्जा गरी उपत्यकाकाे तिब्बतसंगकाे व्यापार ठप्प पारिदिएका थिए ।  


अाजसम्म  पनि शासकहरुले यहाँका मूल मानिसहरुका अावाजहरु बाहिर अाउन नै दिएका छैनन्। नेपाली समाजकाे विविधता एवम् बहुल संस्कृतिकाे समन्वय गरेर यहाँकाे समाजकाे समस्याकाे हल गर्न सकिन्छ भन्ने बारेमा प्राध्यापक डाेरबहादुर विष्ट तथा गाेरे बहादुर खपाङी मगरकाे विश्लेषण सही छ । 


कार्ल मार्क्सले युराेपकाे समाजकाे सहरमा बस्ने वुर्जुवा र गाउँमा बस्ने प्राेलिटेरियटकाे जुन वर्गीय शाेषणकाे कुरा गरे  त्याे नेपालकाे सन्दर्भमा सही छैन । नेपाली  समाजकाे जड समस्या जातीय हाे, यहाँ हजाराैँ वर्ष देखि जातीय विभेद तथा वर्ण विभेद कायम छ । मार्क्सले नेपालकाे जातीय वर्ण व्यवस्थाकाे अध्ययन गरेका छैनन् । उनले तत्कालीन समयमा युराेपका कलकारखानाहरुमा काम गर्ने मजदुर हरु तथा सहर केन्द्रित  सम्भ्रान्त उच्च वर्गबिचकाे द्वन्द्वकाे विश्लेषण गरेका हुन् । जबकि नेपालमा त्यस किसिमका कलकारखानाहरु तथा   उद्याेग धन्दाहरुकाे विकास नै हुन बाँकी छ । यहाँ त जातीय वर्णकाे अाधारमा शाेषण, विभेद र दमन छ ।


काेभिड षडयन्त्र  यहाँका मानिसहरुकाे ध्यान अन्यत्र माेडी शासन लम्ब्याउने महाभारतकालीन शैलीेकाे   एक कुटिल सकुनी चाल हाे । 


अब यस विषयमा सबै जनता जागरुक हुन अावश्यक देखिन्छ ।


References

Dahal, Peshal. Nepalko Itihaas. Kathmandu: MK Publishers and Distributors, 2064 B.S.


"Liglig." Wlikipedia. Www.en.m.wikipedia.org/wiki/liglig. Accessed 15 Jan 2021.


Stiller, Ludwig F. The Rise of the House of Gorkha. Kathmandu: Educational Publishing House, 2017.

Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA