#के नेपाल #स्वतन्त्र राष्ट्र हाे ?
#के नेपाल #स्वतन्त्र राष्ट्र हाे ?
-प्रकाश थापा
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले अाफ्नाे पुस्तकामा दावी गरेकाे कुरामा सत्यता छ किनकि राणाहरुकाे अाक्रमण, षडयन्त्र, हत्या अादिबाट बच्न उनले भारतमा शरण लिनुले यसकुराकाे सहज पुष्टि गर्छ ।
भन्डारखालपर्व, काेतपर्व, अलाैपर्व अादि बाट अाफ्ना विराेधीहरुकाे नरसंहार गरी जङ्गबहादुर श्री ३ बनेकाे अाधारमा कुनै न कुनै समयमा राणाहरुले अाफ्नाे वंश नाश गर्न सक्ने कुरा त्रिभुवनलाई अवश्य जानकारी भएकाे हुनुपर्छ ।
तत्कालीन समयमा उनले अाफ्नाे विनाश राेक्न सके तापनि अन्तत: ,राजा वीरेन्द्रकाे पालामा अाएर शाह वँशकाे विनाशकारी हत्या भइनै छाड्याे ।
सम्भवत: भारतलाई दाेष दिने गरिएकाे भए तापनि राजा वीरेन्द्रकाे हत्या गर्ने र याेजनाकार हरु नेपाल भित्रकै नेपालीहरु नै हुन्, काेत पर्व जस्तै यहीँका नेपालीहरुले नै मारेका हुन्, केही सहयाेग भने बाहिरकाले पनि गरेका हुन सक्छन् ।
तर मूलत: देशभित्रै उनलाई सिध्याउने साेच बनेपछि नै बाहिरकालाई सजिलाे हुने हाे । मूल रुपमा विनाशकाे याेजना भित्र अर्थात् नेपालीबाटै भएकाे हाे । यहाँकाले साथ नदिई बाहिरकाले मात्रै यस्ताे गर्न त्यति सम्भव छैन ।
सम्भवतः याे कुरा त्रिभुवनलाई त्यति बेला नै थाहा थियाे कि एकदिन काेतपर्व सरह राजाहरुलाई पनि समूल विनाश गर्ने नै छन् । यही भएर उनले त्यतिबेलानै नेहरु समक्ष भारतकाे सुरक्षा भित्र रहने प्रस्ताव गरेका हुन सक्छन् । तर नेहरुले उनकाे प्रस्ताव स्वीकार गरेनन् ।
राजा वीरेन्द्रकाे वंश विनाश पछि अहिले पनि यहाँकाे सुरक्षा कत न कतै शँकाकै घेरामा छ । २०४७ पछि का सबै सरकारका प्रधानमन्त्रीहरु भारत भ्रमण गर्नुकाे उदेश्य भनेकाे पनि अाखिर भारतबाट सुरक्षा लिनु नै हाे जसरी त्रिभुवनले लिन खाेजेका थिए । विगतमा सरकारकाे हरेक निर्णयमा भारतीय राजदुतावास काे प्रतिनिधि सामेल गरिने व्यवस्था यसै सुरक्षा कवचकाे अभ्यास थियाे ।
माअाेवादी युद्दपनि भारतकै सुरक्षा छाताबाट नै सन्चालन भएकाे तथ्य सबैलाई थाहा नै छ । कांग्रेस यस अर्थमा भारतकै सुरक्षा छाताभित्र रहेर नै अाफ्नाे राजनीति सन्चालन गरिरहेकाे छ ।
याे त न्युटनकाे गुरुत्वाकर्षण सम्बन्धी नियम जस्तै ठुलाे पिण्डले साना पिण्डहरुलाई बढी बलले अाफूतर्फ तानिरहेकाे हुन्छ । राजनीतिमा पनि यही लागु हुन्छ ।
यसर्थ नेपालका कुनै पनि दलहरु भारत र चीनकाे शक्ति या सुरक्षा घेराबाट स्वतन्त्र रहन या प्रभावित रहन नै धेरै गाह्रेा छ ।
यसर्थ दलहरुले फलाक्ने सस्ताे राष्ट्रियताकाे नारा केवल भाेटकाे लागि मात्र हाे । यथार्थमा सबै भारतकै सुरक्षाघेराबाट चलिरहेका हुन्छन् ।
यसकारण नेपाल एक स्वतन्त्र राष्ट्रकाे रुपमा काम गरिरहेकाे छैन र सक्दैन पनि । अदृश्य अाैपनिवेशिकता कायमै छ । यसले झनै भ्रम सृजना भएकाे छ ।
सत्ता नियन्त्रण पुरै भारतकाे छ , तर जनताले भारतबाट केही सुविधा प्राप्त गर्न सकेका हुँदैनन्।
कस्ताे खालकाे छद्म स्वतन्त्र राष्ट्र हाे नेपाल ?
Comments
Post a Comment