#के नेपाल #स्वतन्त्र राष्ट्र हाे ?

 #के नेपाल #स्वतन्त्र राष्ट्र हाे ?

-प्रकाश  थापा 


भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले अाफ्नाे पुस्तकामा दावी गरेकाे कुरामा सत्यता छ किनकि राणाहरुकाे अाक्रमण, षडयन्त्र, हत्या अादिबाट बच्न उनले भारतमा शरण लिनुले यसकुराकाे सहज पुष्टि गर्छ । 


भन्डारखालपर्व, काेतपर्व, अलाैपर्व अादि बाट अाफ्ना विराेधीहरुकाे नरसंहार गरी जङ्गबहादुर श्री ३ बनेकाे अाधारमा कुनै न कुनै समयमा राणाहरुले अाफ्नाे वंश नाश गर्न सक्ने कुरा त्रिभुवनलाई अवश्य जानकारी भएकाे  हुनुपर्छ ।


तत्कालीन समयमा उनले अाफ्नाे विनाश राेक्न  सके तापनि अन्तत: ,राजा वीरेन्द्रकाे पालामा अाएर शाह वँशकाे विनाशकारी हत्या भइनै छाड्याे । 


सम्भवत: भारतलाई दाेष दिने गरिएकाे भए तापनि राजा वीरेन्द्रकाे हत्या गर्ने र याेजनाकार हरु नेपाल भित्रकै नेपालीहरु नै हुन्, काेत पर्व जस्तै यहीँका नेपालीहरुले न‌ै मारेका हुन्, केही सहयाेग भने बाहिरकाले पनि गरेका हुन सक्छन् । 


तर मूलत: देशभित्रै उनलाई सिध्याउने साेच बनेपछि नै बाहिरकालाई सजिलाे  हुने हाे । मूल रुपमा विनाशकाे याेजना भित्र अर्थात् नेपालीबाटै भएकाे हाे । यहाँकाले साथ नदिई बाहिरकाले मात्रै यस्ताे गर्न त्यति सम्भव छैन । 


सम्भवतः याे कुरा त्रिभुवनलाई त्यति बेला नै थाहा थियाे कि एकदिन काेतपर्व सरह राजाहरुलाई पनि समूल विनाश गर्ने नै छन् । यही भएर उनले त्यतिबेलानै नेहरु समक्ष भारतकाे सुरक्षा भित्र रहने प्रस्ताव गरेका हुन सक्छन् । तर नेहरुले उनकाे  प्रस्ताव स्वीकार गरेनन् । 


राजा वीरेन्द्रकाे वंश विनाश पछि अहिले पनि यहाँकाे सुरक्षा कत‌ न कतै शँकाकै घेरामा छ । २०४७ पछि का सबै सरकारका प्रधानमन्त्रीहरु भारत भ्रमण गर्नुकाे उदेश्य भनेकाे पनि अाखिर भारतबाट सुरक्षा लिनु नै हाे जसरी त्रिभुवनले लिन खाेजेका थिए । विगतमा सरकारकाे हरेक निर्णयमा भारतीय  राजदुतावास काे प्रतिनिधि सामेल गरिने व्यवस्था यसै सुरक्षा कवचकाे अभ्यास थियाे । 


माअाेवादी युद्दपनि भारतकै सुरक्षा छाताबाट नै सन्चालन भएकाे तथ्य सबैलाई थाहा नै छ । कांग्रेस यस अर्थमा भारतकै सुरक्षा छाताभित्र रहेर नै अाफ्नाे राजनीति सन्चालन गरिरहेकाे छ ।


याे त न्युटनकाे गुरुत्वाकर्षण सम्बन्धी नियम जस्तै ठुलाे पिण्डले साना पिण्डहरुलाई बढी बलले अाफूतर्फ तानिरहेकाे हुन्छ । राजनीतिमा पनि यही लागु हुन्छ । 


यसर्थ नेपालका कुनै पनि दलहरु भारत र चीनकाे शक्ति या सुरक्षा घेराबाट स्वतन्त्र रहन या प्रभावित रहन नै धेरै गाह्रेा छ ।


यसर्थ दलहरुले फलाक्ने सस्ताे राष्ट्रियताकाे नारा केवल भाेटकाे लागि मात्र  हाे । यथार्थमा सबै भारतकै सुरक्षाघेराबाट चलिरहेका हुन्छन् ।


यसकारण नेपाल एक स्वतन्त्र राष्ट्रकाे रुपमा काम गरिरहेकाे छैन र सक्दैन पनि । अदृश्य अाैपनिवेशिकता कायमै छ । यसले झनै भ्रम सृजना भएकाे छ । 


सत्ता नियन्त्रण पुरै भारतकाे छ , तर जनताले भारतबाट केही सुविधा प्राप्त गर्न सकेका हुँदैनन्। 


कस्ताे खालकाे छद्म स्वतन्त्र राष्ट्र हाे नेपाल ?

Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA

पाईलट निस्सिम थापाकाे प्याराग्लाइडिङ दुर्घटना तथा नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीहरुद्वारा कराेडाैँ रकम दुरुपयाेग : एक अध्ययन