नेपाल #राज्यकाे #निर्माण #भइसकेकाे #छैन ।- प्रकाश
#नेपाल #राज्यकाे #निर्माण #भइसकेकाे #छैन ।- प्रकाश
#एउटा राज्य बन्नकाे लागि यसका अाधारभूत शर्तहरु पूरा गरिनु पर्छ, तब मात्र त्यसलाई राज्य भनिन्छ । नेपाल हालसम्म राज्य भइसकेकाे छैन । युराेप अमेरिकाका देशहरुले राज्य काे अाधारभूत संरचना पूरा गरेका छन् ।
#नेपालमा जन्मेदेखि मृत्युसम्म एउटा नेपाली नागरिकलाई वृद्दभत्ता(मनमाेहनकाे सरकारकाे समयबाट उपलब्ध) बाहेक एक काैडी दाम राज्यले दिँदैन, जबकि अन्य मुलुकहरुमा जन्मेपछि १८ वर्षसम्म नागरिक भत्ता, बाबुअामाकाे लागि पारिवारिक भत्ता, बेराेजगारका लागि बेराेजगार भत्ता प्रत्येक महिना पाईन्छ ।
#तब न कुनै दिवस अादि काे महत्व हुन्छ ।
#एम ए पास गरेर एउटा दल विशेषकाे नेताकाे चाकरी नगरी एक काैडीकाे जागिर नेपालमा पाइन्न ।
#लाखाैँ बेराेजगार छन्, कराेडाैँ एक छाक कसरी जुटाउने चिन्तामा छन् ।
#दालभात , बास, काम र शान्तिकाे प्रत्याभूति गराैँ पहिला तब दिवसकाे सार्थकता हुन्छ अन्यथा याे कर्मकान्ड मात्र हुन्छ ।
#जनतालाई चामलकाे व्यवस्था गराैँ पहिला ।
#अनि कुरा गराैँला राष्ट्रियता, जनतन्त्र, लाेकतन्त्र, गणतन्त्र, समाजवाद का कुरा । अनि कुरा गराैँला दिवसका कुरा।
#सहरमा एउटा स्तरीय पृथ्वीनारायण जयन्ती अायाेजना गर्दा स्टेज खर्च, माइक साउन्ड सिस्टम खर्च, ब्यानर, पाेष्टर, कार्यकर्ता खर्च, खाजा खर्च, सवारी खर्च, इन्धन खर्च, प्रेस खर्च करिब ५,६ लाख रुपैयाँ लाग्छ ।
#यदि उक्त ६ लाख रुपैयाँकाे चामल नै किनेर वास्तविक गरिबी भएकाे गाउंका केही सय घरहरुमा राहत दिन सके पृथ्वी दिवसकाे सार्थकता हाेला, नत्र बिचाैलिया दलहरुकाे कर्मकान्ड बाहेक यसकाे अरु केही उपलब्धी हुने छैन ।
#दलहरु जसले निरन्तर जनताकाे मत लुटेर तिनीहरुमाथ शनसन चलाइरहेका छन्, तिनका लागि मात्रै हाे याे नक्कली राष्ट्रियता । तर जसकाे चुलाे बलेकाे छैन, तिनलाई कुनै दिवस विशेषकाे केही अर्थ छैन ।
#खाेइ नागरिककाे राज्यमा उपस्थिति, खाेइ तिनकाे सहभागिता, कहाँ छ तिनकाे स्थान? अनि किन दिवसमा मात्र सम्झने नागिरकलाई? भाेकाे पेटमा दिवस हरु मानिदिनुपर्ने? कसकाे लागि? नेताहरुकाे दलगत अस्तित्व छ भन्नाका खातिर कथित दिवसहरुमा सरिक भइदिनुपर्ने ?
#इतिहासकाे पुनर्व्याख्या, पुनर्मुल्याँकन गरिनुपर्छ, हुनुपर्छ, एक अायामिक विश्लेषण ले मात्र पुग्दैन ।
#नेपालकाे राज्य निर्माण हुन बाँकी नै छ ।
#राज्य भइसकेका देशहरुमा माथिका अाधारभूत कुराहरु जनताले निशर्त प्राप्त गर्न सक्छन् ।

Comments
Post a Comment