#अब फेरि #कांग्रेसकाे लुटतन्त्र अाउन सक्नेछ, #जनतामाथि चरम लुट कायम हुन सक्नेछ । #प्रकाश थापा
#अब फेरि #कांग्रेसकाे लुटतन्त्र अाउन सक्नेछ, #जनतामाथि चरम लुट कायम हुन सक्नेछ । #प्रकाश थापा
#अब कांग्रेसलाई लागेकाे हाेला उसले चुनावमा फेरि भारी मत ल्याउनेछ, सरकार बनाउनेछ, प्रधानमन्त्री मन्त्रीहरु चयन गर्नेछ, विजय जुलुस अायाेजना गर्नेछ, घांटी र गर्धन छाेपिने गरी माला लगाई अबीर जात्रामा सरिक हुनेछ, गाडीमा चढी भारी गर्धन हल्लाउँदै हात हल्लाउँदै सडकमा वीभत्स ताण्डवयात्रा तय गर्ने छ ।
#विचाैलियाहरु फेरि सलबलाउने छन्, मन्त्रीहरुकाे सहमतिमा फेरि हरेक मन्त्रालय अन्तर्गतका सबैजसाै पदहरु लिलाम बढाबढमा बिक्री हुनेछन्, राजदुत पद, सिडिअाे, एलडिअाे, न्यायाधिश लगायत सबै संवैधानिक पदहरु, प्रहरी विभागका इन्सपेक्टर लगायत सबै पदहरु, शिक्षा मन्त्रालय अन्तर्गतका सबै पदहरु र बाँकी सबै मन्त्रालयका सबै पदहरु बिक्री हुनेछन्, भारी रकम सन्चय हुनेछ, मन्त्री, मन्त्रीनी, बिचाैलिया प्रमुखहरु ले ४०, ५० कराेडका गाडीहरुमा सवार हुनेछन् र जनतामाथि पुन: लुटतन्त्र चल्नेछ ।
#२००७ सालदेखि अाजसम्म अाइपुग्दाकाे करिब ७० वर्षसम्म प्रजातान्त्रिक समाजवादकाे नाराबाट कांग्रेसले जनताकाे मत लुटी जनतामाथि चरम लुटतन्त्र चलाइअाएकाे सर्वविदितै छ ।
कांग्रेसले २०४७ सालदेखि अाजसम्म काे ३० वर्षकाे अवधीमा करिब १०-१२ वर्ष सरकारमा रहेर नागरिकलाई १ रुपैयाँ प्रदान गर्ने व्यवस्था गर्न सकेकाे छैन, १ चक्की सिटामाेल नागरिकलाई दिन सकेकाे छैन ।
#अमेरिका, युराेप लगायत अधिकांश पुंजीवादी लाेकतन्त्र भएका देशहरुमा एउटा बच्चा जन्मेपछि उसले १८ वर्षकाे उमेरसम्म प्रति महिना राज्यबाट बेनिफिट भत्ता पाउँछ । बाबुअामाले छुट्टै भत्ता पाउंछन् ।
#कांग्रेसकाे सिद्दान्त भित्र अाजसम्म जनताका यी अाधारभूत सुविधाहरु किन पर्न सकेन ? बच्चाहरुकाे भत्ता खाेई? खाेई फ्यामिली बेनिफिट, खाेई बेराेजगार भत्ता?
#के काे लागि राजनींति गर्दैछ कांग्रेस?
कांग्रेसकाे अाजसम्मकाे इतिहास नागरिक वाद हाेइन, देखिएन, याे पूर्णत: विचाैलियावादी दल हाे ।
#यसर्थ अब कसलाई भाेट दिने? कसलाई चुन्ने?
अब नागरिकवाद चाहिन्छ, तपाईंकाे भाेट वापत तपाइँकाे बच्चाहरुकाे प्रति महिना न्युनतम रकम राज्यले प्रदान गर्नुपर्छ ।
अन्यथा भाेट नगर्नुहाेस।
#अब बिचाैलिया तन्त्रमा अाधारित कुनै पनि दललाई मत नदिनुहाेस ।
#अब चुनाव अावश्यक छैन । अब नागरिकवादमा अाधारित राज्य निर्माण गर्नुुपर्छ ।
#फ्रिडम फ्रन्ट नेपाल
Comments
Post a Comment