फ्रिडम फ्रन्ट #नेपालका #सिद्घान्तहरूः


 #फ्रिडम फ्रन्ट #नेपालका #सिद्घान्तहरूः

The Basic Principles of Freedom Front Nepal proposed by Prakash Thapa, Coordinator Freedom Front Nepal

प्रस्तावनाः वर्तमान सन्दर्भमा खासगरी नेपालजस्तो अतिकम विकसित मुलुकमा देखा परिरहेको राजनीतिक अनिश्चितता, संस्थागत भ्रष्टाचार, दलीय सिन्डिकेट राजनीति, बेरोजगारी, अशिक्षा, गरिबी, मानव अधिकारको हनन्, जातीय भेदभाव, धार्मिक भेदभाव, लैङ्गिक भेदभाव आदिका कारण युवा पुस्तालाई शिक्षा एवम् रोजगारीको अवसर प्रदान गर्न नसक्नु र विशेषत राजनैतिक दलहरूले समाज परिवर्तनको विषयलाई गम्भीरतापूर्वक नलिई आफ्नो दलको स्वार्थको भागबन्डा एवम् आफ्ना कार्यकर्ताहरुको स्वार्थलाई मात्र ध्यान दिई काम गरिरहेको देशका सम्पूर्ण निकायहरू जस्तै न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकाकाजस्ता संवेदनशील ठाउँहरुमा अनियन्त्रित भ्रष्टाचार मौलाइरहेको हुँदा आम नेपाली जनमानसमा एक खालको राज्यप्रतिको वितृष्णा फैलिइरहेको देखिन्छ र जसका कारण विशेष गरी युवा पुस्ता अन्यौलग्रस्त देखिन्छ । तसर्थ देशमा फैलिइरहेको दलीय गुटगत राजनीति तथा भ्रष्टाचारलाई हटाउन युवापुस्ता सङ्गठित भई राजनैतिक दबाब समूहका रुपमा दीर्घकालीन राजनैतिक अभियान सञ्चालन गरी समाजमा सुुसंस्कृत राजनीति एवम् जीवनप्रति सकारात्मक सोच अभिवृद्घि गरी समाजलाई स्वतन्त्रतामुखी र समुन्नत बनाउनका लागि फ्रिडम फ्रन्ट नामक स्वतन्त्र राजनैतिक अभियान सञ्चालन गरिएको छ र यसले नागरिकवादमा अाधारित नागरिक सरकार civic goverment मा विश्वास  गर्ने छ । 


फ्रिडम फ्रन्टका आधारभूत सिद्घान्तहरूः 

१. यो संस्था कुनैपनि राजनैतिक दलहरूसंग सम्बद्घ छैन । यो Leftist , Rightist मान्यतामा विश्वास गर्दैन तर यसले Front-ist एवम् positivistic विचारमा विश्वास गर्छ ।   

२. यसले भाग्यवादमा विश्वास गर्दैन   भने डार्बिनले भने अनुसार मानिस पदार्थको व्रmमिक विकासबाट सृष्टि भएको हो  न कि ईश्वरबाट । यद्यपि यसले सबै धर्मका माैलिक सिद्दान्तहरु तथा शान्ति, अहिंसा, करुणा, सद्भावजस्ता गुणहरुलाई संरक्षण गर्नेछ । 

३. यसले रङ्गभेद, जातीय, धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, क्षेत्रीय, लैङ्गिक लगायतका सम्पूर्ण विभेदहरु लाई अस्वीकार गर्छ र तिनको हक अधिकारको लागि पहल गर्छ । 

४. यसले आइन्सटाइनको सापेक्षतावादमा विश्वास गर्छ र कुनैपनि स्थापित परिभाषाहरुलाई अकाट्य, सर्वकालीक सत्य हुनै पर्छ भन्ने मान्यतामा विश्वास गर्दैन । 

५. राष्ट्र भनेको मानवशास्त्रीहरूका अनुसार जमिन होइन तर एउटा निश्चित समुदायका मानिसहरूको समूह हो जसको आफ्नै, भाषा, धर्म, संस्कृति एवम् रहनसहन हुन्छ । यसर्थ नेपालमा धेरै राष्ट्रियताहरू छन् भन्ने मान्यता राख्छ । 

६. नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र  स्वतन्त्र गणतन्त्रात्मक देश हो भन्ने मान्यतामा विश्वास राख्छ । 

७.  यसले गणतन्त्रका आधारभूत मान्यताहरू जस्तै अभिव्यक्ति, वैचारिक, धार्मिक, सामाजिक, राजनैतिक विचारहरूका स्वतन्त्रतामा विश्वास राख्छ तथापि यसले मूलतः गणतन्त्र को सट्टा गुणतन्त्र अर्थात् असल क्षमताको आधारमा चलाइने शासन पद्घतिमा विश्वास गर्छ । र सार्थ निर्वाचित सांसदहरुले मन्त्री, प्रधानमन्त्री बन्न पाउनु हुँदैन भन्ने कुरामा विश्वास गर्छ, तर मन्त्री, प्रधानमन्त्रीहरू स्वतन्त्र एवम् विज्ञहरूलाई बनाइनु पर्छ भन्ने कुरामा विश्वास गर्छ । 

८. राजनैतिक दलले उठाएका उम्मेदवारहरू नराम्रा लागेको खण्डमा जनताले तिनलाई right to reject अर्थात् त्यस्ता उम्मेदवारलाई मतबाट बहिष्कार गर्न सक्नेछन् भन्ने कुरामा विश्वास गर्छ । 

९. अन्तर्राष्ट्रियतावाद र मानवतावादमा विश्वास गर्ने छ । 

१०. यसले समावेशी लोकतन्त्र अर्थात् inclusive democracy मा विश्वास गर्छ र कुनै पनि सङ्घ , संस्थामा समाजका हरेक वर्ग, समुदाय, जाति, धर्म, भाषाका आधारमा  प्रतिनिधित्व प्रदान गरिनु पर्छ भन्ने कुरामा विश्वास गर्छ । 

११. यसले शासन प्रणाली स्वीजरल्यान्डको जस्तो bottom up  प्रणाली अर्थात् माथिका निकायले गरेका निर्णयहरु तलका निकायहरूमा अनुमोदन गराउनु पर्नेछ । माथिका हरेक पद तथा निकायहरू आफुभन्दा तलका पद तथा निकायहरूप्रति उत्तरदायी हुनु पर्ने छ । 

१२. यसले विज्ञान सम्मत सिद्घान्तमा विश्वास गर्छ र पदार्थहरू जसरी प्रतिपल गतिशील भइरहेका छन् त्यसैगरी कुनै पनि वाद, विचार या सिद्घान्तहरू पनि परिवर्तनशील छन् भन्ने मान्यातामा विश्वास गर्छ  । 

१३. सरकारी सेवा जनताको सेवागर्न बनेका सार्वजनिक पदहरु भएकाले मन्त्री, प्रधानमन्त्री, सांसद लगायत अन्य सम्पूर्ण सरकारी पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ र  श्रोत नखुलेका तिनका तथा तिनका नातेदारहरूका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने छ भन्ने मान्यतामा विश्वास गर्छ ।


१४. हरेक बच्चा जन्मेपछि १८ वर्षसम्म उसलाई न्युनतम चाइल्ड बेनिफिट भत्ता, बाबुअामालाई फ्यामिलि बेनिफिट भत्ता, बेराेजगारलाई बेराेजगार भत्ता र वृद्दहरुलाई वृद्द भत्ता प्रत्येक महिना व्यवस्था गर्नु पर्नेछ । 


१५. प्रत्येक नेेपाली नागरिकले कक्षा १० सम्मकाे शिक्षा सरकारी  पब्लिक स्कुलमा निशुल्क अध्ययन गर्न सक्नेछ यद्यपि नागरिकले स्वदेश या विदेशकाे प्राइभेट स्कुलकाे शिक्षा अाफ्नाे इच्छाले पढ्न सक्नेछ ।

१६. प्रत्येक नागरिकहरुले न्युनतम मासिक रकम राज्यलाई स्वास्थ्य बिमा वापत बुझाएपछि उनीहरुले राज्यबाट निशुल्क उपचार प्राप्त गर्न सक्नेछन् । 

१७. राजनीतिक दलहरुकाे अधिनायकवादी शैलीमा उमेदवार उठाउनुकाे सट्टा जनताकाे सामाजिक, सांस्कृतिक समुदायबाट नागरिकहरुले नै अाफ्ना उमेदवारहरुकाे नाम नागरिक अायाेगलाई शिफारिस गर्नेछन् । यसाे गर्दा ती उमेदवारहरु दलप्रति नभई समुदायहरु प्रति उत्तरदायी बन्नेछन् भने समुदायहरुबाट नै उमेदवार चयन भएपछि दलहरुकाे अावश्यकता पनि पर्ने छैन । 

१८. राजनैतिक दलहरु अन्तर्गतका विद्यार्थी संगठनहरु सन्चालन गर्न पाइने छैन तथा समस्त कर्मचारी ट्रेड युनियनहरु पनि सन्चालन गर्न पाइने छैन । 


१९.नागरिकहरुले प्राथमिक तहसम्म अाफ्नाे भाषामा अध्ययन गर्न सक्नेछन् ।


२०. कुनै पनि नेपाली नागरिकले उच्च शिक्षाकाे लागि लाेन प्राप्त गर्न सक्नेछ । 


पुनश्चः अन्य थप सिद्घान्तहरू जीवनका सापेक्षमा निर्माण गरिँदै थपिँदै जानेछन् भने पहिले बनाइएका सिद्घान्तहरु जीवनोपयोगी नभएमा त्यसलाई संशोधन गरी परिमार्ज गरिने छ । 

प्रकाश थापा 

संयोजक, फ्रिडम फ्रन्ट नेपाल

Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA