हाेलाेकास्ट के हाे? किन मारियाे ६० लाख #यहुदीहरुलाई ? - प्रकाश थापा


 #हाेलाेकास्ट के हाे? किन मारियाे ६० लाख #यहुदीहरुलाई ? - प्रकाश थापा 


#जर्मनीकाे तत्कालीन नाजी सरकार द्वारा यहुदी जातिमाथि गरिएकाे  नरसंहार नै हाेलाेकास्ट थियाे । जसमा साठी लाख यहुदीहरुकाे निर्मम हत्या गरिएकाे थियाे । सन १९३३ मा जब हिटलरकाे नाजी पार्टी सत्तामा अायाे तब त्यसले जर्मनका सेता जातिहरु अर्थात् अार्य जातिहरु उच्च जातीय नश्ल भएकाे दावी गर्याे भने अन्य जातिहरु जस्तै यहुदी जातिहरूलाई तल्लाे दर्जाकाे जाति मान्याे र तिनलाई समाप्त पार्न शुरु गर्याे । 


#यसबाहेक अन्य अल्पसंख्यक जातिहरु मध्ये स्लाेभाक जाति अन्तर्गत पर्ने पाेल, रसियन, काला जातिहरु, जिप्सी हरु, क्रिस्टियनहरु,  तथा नाजी विराेधी कुनै पनि समूहका मानिसहरुकाे हत्याकाे शृङ्खला शुरु गरियाे । 


#ग्रीक भाषा अनुसार हाेलाेकास्टकाे अर्थ अग्नी परींक्षा हुन्छ । सन १९३३ सम्ममा युराेपका मुलुकहरुमा यहुदीहरुकाे कुल जनसंख्या ९० लाख थियाे भने यहुदी हरु जर्मन नियन्त्रित देशहरुमा छरिएर रहेका थिए ।  सन १९४५ काे दाेस्राे विश्व युद्दकाे अन्त्यसम्म अाइपुग्दा युराेपका हरेक तिन मध्य दुइजना यहुदी हरु अर्थात् ६६ प्रतिशत यहुदीहरुकाे नाजी कन्सनट्रेसन क्याम्पमा हत्या गरिसकिएकाे थियाे । 


#यसप्रकार नाजी जातिहरुले अाफूलाई उच्च अार्य जाति मान्याे र अरु तल्ला जातिहरुमाथि नृशंस हत्या शुरु गर्याे । नाजीहरु सत्तामा अाएपछि शुरुमा उसले उनीहरुलाई युराेपभरि अार्थिक, सामाजिक , राजनैतिक, सांस्कृतिक क्षेत्रबाट बहिष्कारकाे अभियान चलाउँदै गयाे र युराेपीय देशहरु छाडेर जान दवावहरु सृजना गर्न थालियाे । र नाजीहरुले पछि सरकारी तहबाट नै " द फाइनल साेलुसन" नामक अभियमान सन्चालन गरे जसकाे अर्थ थियाे यहुदीहरुकाे सफाया अर्थात् हत्या । 


#यसरी दाेस्राे विश्वयुद्दकाे अन्त्यसम्ममा यहुदी जस्तै अन्य अल्पसंख्यक जातिमध्ये २लाख ५० हजार  जिप्सीहरुकाे हत्या गरियाे भने अन्य २ लादख ५० हजार  अशक्तहरुकाे पनि हत्या गरिदियाे ।त्यसैगरी साेभियत रुसका करिब३० लाख युद्द बन्दीहरु काे हत्या गरियाे जसलाई नाजीहरुले रुसी बाेल्सेभिक कम्युनिष्टकाे अाराेप लगाएका थिए । 


कैयन यहुदी बस्तीहरु जलाइयाे भने साेभियत रुस तथा पाेल्यान्डका यहुदीहरुलाई गिरफ्तार गरी जर्मनीका कन्सन्ट्रेसन क्याम्पहरुमा पठाइयाे । 


#सन १९४१ देखि १९४५ सम्म पाेल्यान्ड बाट करिब ३० लाख यहुदीहरुलाई जर्मनीका कन्सन्ट्रेसन क्याम्पहरुमा हत्याकाे लागि पठाइयाे र जहाँ उनीहरुलाई विषालु ग्याँस प्रयाेगरी हत्या गरियाे भने कतिलाई गाेली हानियाे तथा कैयनलाई कडा परिश्रम गर्न लगाइयाे ता कि तिनीहरु भाेक र राेगबाट मर्न पुगे ।

#अाश्विज कन्सनट्रेसन क्याम्प हत्या गरिनु अघि लियाे स्निडरम्यान नामक एक अामाले अाफ्नाे छाेराकाे काँधमा हात राख्दै यस्ताे भनेकी थिइन्, " बाबु अब म तिमीहरुलाई कुनै हालतमा पनि देख्न पाउने छैन, अाफ्नाे भाइकाे हेरचाह गर्नु है।" 

# यहुदीहरुकाे कुनै गल्ती थिएन तर हिटलरकाे नाजी सरकार सत्तामा अाएपछि उनीहरुलाई तल्लाे जातकाे तथा अार्यहरुकाे दुश्मन मानियाे । 


#लाखाै यहुदीहरुलाई गिरफ्तार गरियाे र उनीहरुले पहेँलाे तारा अङ्कित चिन्ह लगाउनु अनिवार्य गरियाे ता कि उनीहरुलाई सजिलै चिन्ह सकियाेस । कनसनट्रेसन कयाम्पमा हजाराै यहुदीहरुलाई सानाे ठाउँमा राखिएकाे हुन्थ्याे भने मुश्किलले दिनभरिमा एक टुक्रा पाउराेटी र पानीकाे झेाल खानकाे लागि दिइन्थ्याे। 


#टवाइलेटहरु अत्यन्त कम थियाे जसका कारण राेगहरु तुरुन्त फैलिन्थ्याे र मानिसहरु कैयन राेग बाट नै मरिसकेका हुन्थे,  प्राय सबै महिला पुरुषकाे कपाल खुुइल्याएकाे हुन्थ्याे ता कि उनीहरु स्वयम् एक अर्कालाई चिन्न सक्दैनथे । 


#जर्मनी लगायत युराेपका देशहरुमा करिब चालिस हजारकाे संख्यामा कन्सनट्रेसन क्याम्पहरु बनाइएका थिए जहाँ उनीहरुकाे हत्या गर्न सकियाेस । यसप्रकार युराेपका सम्पूर्ण ९० लाख यहुदीहरुलाई हत्या गरी मार्ने जर्मनीकाे नाजी सरकारले याेजना बनाएकाे थियाे ।


#सन १९३५ सम्ममा करिब १६०० वटा पत्रिकाहरुमाथि प्रतिबन्ध लगाइयाे भने केहीलाई मात्र नाजीहरुकाे सेन्सरसिपबाट प्रकाशन गर्ने अनुमति दिइएकाे थियाे । 

सारा पाठ्यपुस्तकहरु माथि प्रतिबन्ध लगाइयाे भने केवल हिटलरकाे प्रशस्तीका पुस्तकहरु मात्र अध्ययनकाे लागि राखियाे । 


#चर्चघरमा अागाे लगाइयाे, यहुदीहरुलाई सरकारी सवारी साधन प्रयाेग गर्न बाट बन्चित गरियाे, स्कुलमा बालबालिकाहरुलाई अधिकतम सजाय दिन लागियाे र उनीहरुलाई फाेहाेरी यहुदी भन्न लागियाे । 


#युवाहरुमा हिटलर युथ नामक समूह गठन गरियाे जसमा सम्पुर्ण नाजी युवाहरुले हिटलरलाई अाफ्नाे अादर्श पुरुष ठान्ने गरिन्थ्याे ।


#सन १९३८कने नाेभेम्बर ९ तारिखकाे दिन यहुदीहरुकाे लागी काल बनेर अायाे जुन दिन ९१ जना यहुदीहरुकाे निर्मम हत्या गरियाे, ३० हजार यहुदीलाई कन्स्नट्रेसन क्याम्पमा पठाइयाे भने २६७ वटा गिर्जाघरहरमा अागाे लगाइयाे । र सन १९३९ सेप्टेम्बर १ तारिखमा जर्मनीले पाेल्यान्डलाई नियन्त्रणमा लियाे र दाेस्राे विश्व युद्दकाे घाेषणा गर्याे । 


#पाेल्यान्ड्का ६ वटा ठुला कन्स्नट्रेसन क्याम्पहरु मध्ये सबैभन्दा ठुलाे अाश्विज कन्स्नट्रेसन क्याम्प हाे । पाेल्यान्डका अन्य क्याम्पहरु मध्ये बेल्जेक, चाल्मने,  माज्दाजेक, साेबिबाेर तथा ट्रेब्लिन्का प्रमुख मानिन्छन् भने अाश्विज कन्सन्ट्रेसन क्याम्पमा प्रति दिन ६ हजार यहुदीकाे नृशंस हत्या गरिन्थ्याे । क्याम्पहरु बेलारुस, सर्बिया, उक्रेन तथा क्राेएशिया मा पनि निर्माण गरिएकाे थियाे । 


#कसरी अन्त्य भयाे दाेस्राे विश्वयुद्द र हाेलाेकास्ट? 

जर्मनी गठबन्धनकाे विरुद्द बेलायत, रुस र अमेरिका ले संयुक्त रुपमा लडेका थिए जसका कारण हिटलरकाे नाजी गठबन्धनकाे अन्तत हार भयाे र जसका कारण अमेरिकी तथा साेभियत सेनाहरु युराेपका कन्स्न्ट्रेसन क्याम्पहरुसम्म पुगे, तर त्यतिबेलासम्म हिटलरकाे नाजी जर्मनीले सबैजसाे क्याम्पहरु नष्ट गरिसकेा थियाे र त्यसबेला सम्म साठीलाख यहुदीहरुकाे हत्या भइसकेकाे थियाे भने पाेल्यान्डकाे माज्दानेक र दाचाउ क्याम्पबाट केही यहुदीहरुलाई अमेरिकी सेनाहरुले स्वतन्त्र गर्न सफल भएका थिए । 


#तर हिटलरले भने अात्महत्या  गरिसकेका थिए जसका कारण उनलाई समात्न सकिएन ।


Bibliography

"Introduction to the Holocaust." Holocaust Encyclopedia, https://encyclopedia.ushmm.org/content/en/article/introduction-to-the-holocaust. Accessed:  December 10, 2020.

Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA