लिगलिगकाेट कि लिङलिङकाेट? -प्रकाश
LIGLIG KOT IN WIKIPEDIA
लिगलिगकाेट कि लिङलिङकाेट? -प्रकाश
नेपालमा शाह राजाहरुकाे इतिहास लिगलिगका घलेराजाहरुलाई हत्या गरेर शुरु भएकाे थियाे भन्ने तथ्य विकिपिडियाले उल्लेख गरेकाे छ ।
यसर्थ नेपालमा राजतन्त्र, मार्क्सतन्त्र, काङ्ग्रेसतन्त्र, मधेशतन्त्र ले भन्दा हाम्राे अाफ्नै देशकाे जनताकाे मायागर्ने, शान्ति, अहिंसामा अाधारित जनताकाे नयाँ शासन अबकाे अावश्यकता हाे ।
लिगलिगकाेटकाे पहिचान शाह राजाहरुकाे उत्पत्तिमात्र हाेइन घले राजाहरुकाे विनासकाे पनि इतिहास हाे, यसलाई सँगै जाेडेर हेर्नु नै सही दृष्टिकाेण हाे ।
लिगलिग, द्रव्यशाह, पृथ्वी नारायण शाहलाई मात्र नेपाललाई जाेडेर हेरियाे भने नेपालकाे इतिहास जम्मा चारसय वर्षकाे मात्र देखिन्छ किनकि शाहहरुले चारसय वर्ष अगाडि अर्थात् बिसं १६१६ बाट मात्र शासन गरेका छन् ।
तर नेपाल हजाराैँ वर्ष पुरानाे देश हाे भने केही हजार वर्ष सबैभन्दा पहिले नेपाल उपत्यकामा विपश्वी बुद्द प्रवेश गरी नागार्जुन पहाडमा बसेका थिए ।
सिद्दार्थ गाैतमकाे कपिलबस्तु राज्यकाे इतिहास नै 2700 वर्ष पुरानाे छ भने नेपाल शाह राजाहरुले निर्माण गरेका हाेइनन् ।
लिगलिगकोटको पुरानो नाम मगरभाषाको लिङ्गलिङ्ग बाट रहेको विश्वास गरिन्छ, जसको अर्थ हुन्छ शान्त, उज्यालो, सुन्दर ।
लिगलिगकोटको पुरानो नाम मगरभाषाको लिङ्गलिङ्ग बाट रहेको विश्वास गरिन्छ, जसको अर्थ हुन्छ शान्त, उज्यालो, सुन्दर आदि र यसबाहेक तिनताक त्यस क्षेत्रमा मगरजातिहरुको बसोवास रहेको एवम् घले तथा मगर राजाहरुले समेत राज्य गरेको कारणले पनि उक्त नाम मगरभाषाको लिङ्गलिङ्गबाट नै पछि क्रमशः लिगलिग रहको देखिन्छ ।
तिनताका चेपेखोला बाट लिगलिगसम्मको दौडमा जो पहिलो हुन्थ्यो त्यस व्यक्ति नै एकवर्षको लागि राजा हुने चलन थियो भने त्यस दौडमा घलेहरुको नै सहभागिता हुने गथ्र्यो र यो दौड बि.सं १६०४ बाट शुरु भएको थियो । तर पछि बि.संं १६१६ मा लमजुङ्गका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले लिगलिगका घलेहरुसंग मित्रता गरी लिगलिगका राजा दलसुर घलेलाई अत्यधिक मदिरा सेवन गर्न लगाई छलकपट पूर्वक उनको हत्या गरे पश्चात् द्रव्य शाह लिगलिगको राजा बन्न सफल बने र पछि गोरखा राज्यको निर्माण गरे भने पछि उनका नाति पृथ्वी नारायण शाहले अन्य साना संघीय राज्यहरु जस्तै लमजुङ, पाल्पा, किर्तिपुर, भक्तपुर, धादिङ लगायतका राज्यहरुलाई गोरखा राज्यको अधीनस्थ गरी एकीकृत नेपाल राज्यको निर्माण गरी शाह राजको शुरुवात गरे ।
लिगलिगमा अहिले पनि घले राजाहरु र तिनका सन्तानहरु मारिएको एक स्थान छ जसलाई पाच्यान भनिन्छ र त्यहाँ ५जना घले राजाका सन्तानहरुलाई मारी गाडिएको थियो ।
नेपाल अत्यन्तै प्राचीन देश हो । सभ्यताको आरम्भिक चरण देखिनै यो देश नेपाल नामले चिनिँदै आएको देखिन्छ । इतिहासकारुका अनुसार करिब तीन हजार वर्ष पहिलेदेखिनै यस देशले नेपाल नाम ग्रहण गरिसकेको कुरा उल्लेख गरेका छन् । इशापुर्व चार सय वर्ष अगाडि अर्थात् २४०० वर्ष पहिले नै कौटिल्यको अर्थशास्त्रमा नेपाल देशको नाम उल्लेख गरेको पाइन्छ ।
त्यस्तै भारतीय गुप्त सम्राट समुद्र गुप्तले पनि आफ्नो इलाहावादको शीलालेखमा नेपाललाई एक छिमेकी देशको रुपमा उल्लेख गरेका छन् । नेपालमा चाहिँ बि.सं ५६९को टिस्टुङ अभिलेखमा पहिलोपल्ट नेपाल देशको नाम उल्लेख भएको पाइन्छ ।
सेसिल बेन्डालका अनुसार तिब्बती भाषामा नेको अर्थ घर र पालको अर्थ उन हुने हुँदा तिब्बतीहरुले ‘उनको घर’ भन्नका लागि नेपाल शब्दको प्रयो गरेका हुन सक्ने तर्क गरेका छन् । त्यस्तै नेवारी भाषामा नेपा मात्र भनिने प्रचलनलाई लिएर ने को अर्थ मध्य र पाको अर्थ देश बुझाउन नेपाको नेपालको प्रयोग भएको तर्क पनि गरेका छन् ।
यद्यपि शुरुमा यहाँ बसोवास गर्ने गोपालवँशी हरु जो पशुपालन गरी जीविका गर्थे, तिनीहरुलाई नेप जाति पनि भनिन्थ्यो । तिनै गोपालवँशी अर्थात् नेप जातिहरुको नामबाट नै यस देशको नाम नेपाल रहन गएको हो भन्ने ज्ञानमणि नेपालको तर्क चाहिँ सबैभन्दा बलियो मानिन्छ किनकि उपत्यकामा सबैभन्दा पहिले शासन गर्ने नेप जातिहरु नै गोपालवँशी राजाहरु थिए ।
गोपालवंशले इशापूर्व एक हजार वर्ष पहिले अर्थात् आजभन्दा तिन हजार वर्ष पहिले नै नेपालमा गोपालवंशी राजाहरुले शासन गरेका थिए । गोपाल वँशी राजाहरुका पहिलो राजा भीम गुप्त थिए । गोपालवंशका आठ जना राजाहरुले नेपालमा राज्य गरे र पाँच सय वर्षसम्म नेपालमा गोपालवंशी राजाहरुले शासन गरे ।
विभिन्न धर्मशास्त्र एवम् पुराणहरुले नेपाललाई अत्यन्तै प्राचीन भूमिको रुपमा व्याख्या गरेका छन्। करिब १३ करोड वर्ष पहिले बनेको यहाँका पर्वत शृङखलाहरु र उपत्यकाहरुमा पछि आएर प्राणी विशेषको आकर्षण बढ्दै गएको पाइन्छ । पश्चिमी नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्ष पहिले देखि नै नेपालमा मानवको बसोवास रहेको तथ्य देखिन्छ ।
References
Dahal, Peshal. Nepalko Itihaas. Kathmandu: MK Publishers and Distributors, 2064 B.S.
"Liglig." Wlikipedia. Www.en.m.wikipedia.org/wiki/liglig. Accessed 23 Nov 2020.

Comments
Post a Comment