फाइट अगेन्स्ट कोरोना स्क्याम तथा #फ्रिडम फ्रन्ट नेपालको विज्ञप्ति by Prakash Thapa
#फाइट अगेन्स्ट कोरोना स्क्याम तथा #फ्रिडम फ्रन्ट नेपालको विज्ञप्ति
#जनजीवन सामान्य बनाअाैँ, #लकडाउन हटाअाै, #विशाल जनदप्रदर्शनमा सहभागी बनाैँ
#प्रस्तावनाः
गत वर्षको चैत्र महिनाबाट शुरु भएको कोभिड १९ को संक्रमणलाइ रोक्ने अभिप्रायले शुरु गरिएको लकडाउन करिब ५ महिना बितिसकेको अवस्थामा यसले भाइसर संक्रमणको तुलनामा कैयन् गुणा बढी मानिसहरुमा क्षति पु–याएको तथ्य सबैलाई थाहा भएको कुरा हो । हालसम्म करिब २०० जतिमात्र कोभिड संक्रमणबाट मृत्य भएको देखिए तापनि करिब १० जनाको मात्र कोभिड १९ संक्रमणबाट मृत्यु भएको र बाँकी अन्यमा पहिले देखिनै अन्य विविध रोगहरुको संक्रमण भएको तथ्य स्वास्थ्य मन्त्रालयले सार्वजनिक पनि गरेको देखिन्छ ।
#यद्यपि हाल सम्मको ५ महिने लकडाउनमा आत्महत्याको दर अत्यधिक मात्रामा वृद्वि भई करिब ३ हजारजति पुगेको र त्यसबाहेक मानिसहरुमा डिप्रेसन, भोकमरी, मनोवैज्ञानिक त्रास, बेरोजगारी, अन्यौलता फैलिरहेको र सर्वसाधारण जनताहरु एक छाक खानको लागि तड्पिरहनु परेको तथ्य स्पष्ट नै छ । यसबाहेक देशको अर्थतन्त्र गम्भीर रुपमा सङ्कटमा पर्नुका साथै सम्पूर्ण पर्यटन व्यवसायी, होटल, रेस्टुरेन्ट, पदयात्रा तथा प्याराग्लाइडिङ समेतका आर्थिक पर्यटनका श्रोतहरु ठप्प प्राय भएको र तिनले राष्ट्रको समग्र अर्थतन्त्र नै धराशायी बन्दै गइरहेको तथा शिक्षा, स्वास्थ्य, कृषि , पशुपालन, याताया, धरेलु उद्योगहरु सबै गम्भीर सङकटमा परिरहेका ले देशमा जटिल समस्याहरु देखा परिरहेका छन् ।
#मानव जीवन माथि नै गम्भीर सङ्कट
गत चैत्र देसखका हालसम्मको लकडाउनले विश्वका कैयन् विकसित देशहरुमा भन्दा तुलनात्मक रुपमा नेपालमा लामो लकडाउन भएको र यसले सर्वसाधारण नेपाली जनताको अस्तित्व नै गम्भीर सङ्कटमा परेको र मानिसहरु एकछाक खानाको अभावमा आत्महत्या गर्न विवश भइरहेका छन् ।
सडक, यातायात, हस्पिटल जस्ता अति संवेदनशील ठाउँहरुमा पनि असहजता भएको र ती पनि करिब बन्द नै रहेकाले आम सर्वसाधारण मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहको छ ।
अर्को कुरा इटाली जस्तो देशमा कुल मृत्युसँख्याको करिब १.२ प्रतिशत मात्र कोभिड संक्रमणबाट मृत्यु भएको कुरा त्यहाँको नेशनल हेल्थ इन्स्टिच्युट बाट प्रकाशित भइसकेको तथा हालै मात्र सिडिसि अमेरिकाले त्यहाँ कोभिडबाट मृत्यु भनिएकाहरुमध्ये जम्मा ६ प्रतिशत मानिसहरुमा मात्र कोभिड संक्रमण भएको र बाँकी ९४ प्रतिशत मानिसहरुमा दुई वा सोभन्दा त्रढी अन्य रोगहरुको संक्रमण रहेको तथ्याङ्क हालैमात्र सार्वजनिक गरेको र कोभिड १९ लाई वैज्ञानिकहरुले इन्फ्लुएन्जा सरहको रोग मानेकोले यसबाट बढी त्रसित भइहाल्नु नपर्ने भन्दौ हालका दिनहरुमा युके, स्पेन, जर्मनी, आयरल्यान्ड, क्रोएसिया, जर्मनी, बेलारुस, अष्ट्रेलिया लगायतका युरोपियन देशहरुमा कोभिडबाट सृजित मनोवैज्ञानिकत्रासबाट बाहिर आउन भनी लाखौँ मानिसहरुले सरकार तथा डब्लुृएचओ प्रोटोकल विरुद्घ विशाल जनप्रदर्श हरु गरिसकेको सन्दर्भमा नेपालमा पनि आम जनमानसमा कृत्रिम रुपमा पर्न गइरहेको मनेवैज्ञानिक त्रास हटाई जनजीवन समान्य गर्नुपर्ने, जनताको जीविकाको ग्यारेन्टी गर्नुपर्ने, बालबालिकाहरुको स्वतन्त्र जीवन एवम् शिक्षा पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने, युवाहरुको अवसान, कुन्ठा हटाई उनीहरुलाई अध्ययन एवम् रोजगारी दिलाउने तर्फ संवेदनशील हुनुपर्ने, उद्योग व्यवसायहरुको संरक्षण गरी राष्ट्रिय अर्थतन्त्र सबल बनाउनु पर्ने, महिलाहरुको प्रजननमा सहजीकरण गरी उनीहरुको स्वास्थ्य एवम् जीवनकै रक्षा गर्नुपर्ने र समग्रमा आममानिसहरुलाई लामो समयसम्म सन्त्रासमा नराखी उनीहरुलाई गतिशील बनाउनु पर्नेजस्ता अत्यन्त संवेदनशील कार्यहरु तत्काल गर्नुपर्ने आवश्यकता देखिएकोले हामी सरकार समक्ष जनताको जीवनको गतिशीलता एवम् अर्थतन्त्र चलायमान बनाउनका लागि जोडदार अपिल गर्दछौँ ।
#डब्लुएचो प्रोटोकल, मास्क तथा स्यानिटाइजर सम्बन्धमा
डब्लुएचओले हालैका युरोपियन मुलुकहरुमा गरिएका मास्क फ्री तथा स्यानिटाइजरको प्रयोग खासै आवश्यक नभएको भनी विशाल जनप्रदर्शनहरुको प्रभावका कारण उसले अब मास्क लगाउनु नपर्ने तथ्य सार्वजनिक गरिसकेको सन्दर्भमा नेपालले पनि मास्क लगाउनु आवश्यक नभएको देखिन्छ भने यसले श्वास प्रश्वास प्रव्रिmयामा थप सङ्कट पैदा गरी हाइपोक्सिया जस्ता अक्सिजन कम भई फोक्सोमा संक्रमण हुने र स्यानिटाइजरको अत्यधिक प्रोगले यसमा भएको अल्कोहलका कारण हाम्रो शरीरको प्राकृतिक इम्युन सिस्टमलाई दीर्धकालीन असर पार्ने देखिएकोले यसको सट्टा सामान्य साबुनपानीको प्रयोग तथा घरेलु विधिहरु प्रयोग गर्नुनै बढी व्यावहारिक देखिएको छ ।
#भ्याक्सिनको सट्टा प्राकृतिक चिकित्सामा जोड दिउँ
वर्तमान विश्वमा एलोप्याथी चिकित्सा प्रणलीले मानिसको जीवन केही सहज बनाए तापनि बिग फार्मा कम्पनीहरुको व्यापारीकरणले गर्दा रोगको निदान भन्दा पनि रोगको उत्पादन गर्ने तर्फ केन्द्रित भएकोले गर्दा पूर्वीय सभ्यतामा आधारित आयुर्वेद तथा प्राकृतिक चिकित्सा प्रणाली नै मानव जीवनको लागि बढी प्रभावकारी भएकोले नेपालजस्तो देशमा प्राकृतिक चिकित्सा नै कोभिड लगायत अन्य धेरै रोगहरुका लागि वैकल्पिक माध्यम भएकोले यसको प्रवद्र्घन, संवद्र्घन एवम् विकासमा जोड दिनु पर्ने आजको आवश्यकता देखिन्छ ।
क्वारन्टिनहरुको सट्टा व्यवस्ति हस्पिटलरुको निर्माण गरिनुपर्छ
यतिखेर कोभिडको आशंकामा या पोजिटिभ केसहरुमा मानिसहरुलाई क्वारन्टिनहरुमा राख्दा उनीहरुकामा त्रास उत्पन्न हुने तथा उनीहरु आफ्नापरिवारहरुबाट टाढिने भएकाले उनीहरु झन कमजोर बन्दै जाने र मृत्युसमेत हुने देखिन्छ यसर्थ क्वारन्टिनहरुको सट्टा जनतालाई स्वास्थ्य सम्बन्धी ज्ञान दिने, प्राकृतिक चिकित्साको प्रयोग गर्न लगाउने तथा इम्युनिटी बढाई प्राकतिक जीवनपद्घतीमा फर्कनु नै आजको आवश्यकता हो । यसर्थ विद्यालयहरुलाई क्वारनिटनहरुमा बदल्नु नितान्त अव्यावहारिक कदम हो र जसका कारण नागरिकहरुले पढ्न पाउने उनीहरुको नैसर्गिक अधिकारको हनन भइरहेको छ, यसर्थ हस्पिटलहरु निर्माण तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु नै सही आजको आवश्यकता हो ।
#निस्कर्ष
५ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, सामाजिक दुरी जस्ता प्रयोगहरुले मानिसहरुलाई अनावश्यकरुपमा भयभीत पार्ने र तिनको मनोवैज्ञानिक असरहरुबाट अब हाम्रो समाजलाई मुक्त गरी हाम्रो आफ्नै प्राकृतिक चिकित्सा पद्घतिहरुको संवद्र्घन गरी जनजीवन सामान्य गर्नुको विकल्प छैन ।
अर्को कुरा मृत्युदरको हिसाबले पनि करिब ०.१ प्रतिशत मात्र मृत्युदर भएको र समाान्य फ्लुको जस्तो भाइरस भएकोले कोभिड १९ का लागि यस किसिमले समाजलाई बन्द गर्दा हाम्रो देशको शिक्षा, पर्यटन, उद्योग, व्यवसाय, यातायात, कृषि तथा समग्र अर्थतन्त्र नै पूर्णतः धराशायी बन्ने भएको र करोडौँ मानिसहरुको जीवन नै महासङ्कटमा पर्ने तथा आम मानिसहरु भोकले मर्ने भएकोले पनि लकडाउन र निषेधाज्ञा तथा सील लाई पूर्णतः हटाई जनजीवन सामान्य अवस्थामा फर्काउन तथा अर्थतन्त्र चलायमान बनाई देश विकासमा जोड दिन हामी जोडदार माग गर्दछौँ ।
#संयोजकहरुः
राजु कायस्थ, प्रकाश थापा, राजु केसी, प्रकाशचन्द्र सापकोटा, उपेन्द्र अधिकारी, उदय थापा, पाेखरा
बाेधार्थ : काेराेना सचेतक समूह काठमान्डु
Comments
Post a Comment