लाङटाङ भ्याली, तामाङ बस्ती र क्यान्जिन गुम्बा भाग १ प्रकाश थापा nonfiction: LANGTANG VALLEY TAMANG BASTI RA KYANJIN GUMBA


 लाङटाङ भ्याली, तामाङ बस्ती र क्यान्जिन गुम्बा  भाग १

प्रकाश थापा


यतिखेर कृष्णमूर्ति पढिरहेको छु । ज्यादै रमाइलो लागेको छ कृष्णमूर्तिका विचारहरू पढेर । कृष्णमूर्तिको अनुसार ईश्वर छ भनी कुनै निश्चित धारणा राख्नु नै गलत छ, किनकि हरेक वस्तुहरू प्रतिपल परिवर्तित भइरहेको अवस्थामा कुनै निश्चित चिज या वस्तु छ भनेर मान्नु नै अवैज्ञानिक हुन्छ, र उनी के पनि भन्छन् भने यदि कसैले ईश्वर एउटै मात्र छ भनेर मान्छ भने त्यो पनि गलत हुन्छ किनकि यस विचारले एकाधिकारवादी सोचलाई प्रोत्साहन दिन्छ, निरङ्कुशतालाई मद्दत गर्छ, त्यसैले ईश्वर छन् भनेर मान्ने हो भने पनि ईश्वर एक होइन तर बहुल छन् । 

रसुवाको घुन्चे बजार डाँडामा अवस्थित छ । बजार रमाइलो छ । बजारदेखि अलिक पर त्रिशुली नदी पर्छ जुन गोसाईंकुण्डबाट सुरू हुन्छ र अन्ततः भोटेकोशीमा मिसिन्छ । जहाँबाट त्रिशुली मिसिएको छ त्यसदेखि तलको भोटेकोशीलाई त्रिशुली भनिन्छ । 

धुन्चेबाट अगाडिको पहाडी बाटो अरू कठिन लाग्छ । तर बसका ड्राइभरहरू अभ्यस्त भइसकेका छन् यी विकट सडकहरूमा गाडी चलाउन । घुन्चेबाट झण्डै दुई घण्टा जतिको समय लाग्यो स्याप्रुबेसी पुग्न । पहाडी शृङ्खलाहरूको फेदीमा तथा भोटेकोशी नदीको छेउमा अवस्थित छ स्याप्रुबेसी बजार । नाम पनि आपैmँमा केही रोचक छ स्याप्रुबेसीको । 

स्याप्रुबेसीे बजारमा आधुनिकताको प्रभाव स्पष्ट देख्न र अनुभव गर्न सकिन्छ । बजारमा एकाध साइबरपसलहरू पनि देखिन्छन् । ठुला र स्तरीय होटल तथा लजहरू पनि छन् स्याप्रुबेसीमा । यहाँबाट एकदिन अगाडिको बाटोमा रसुवागढी पर्छ जुन रसुवाको सीमावर्ती क्षेत्र हो । त्यहाँबाट तिब्बतको केरुङसम्म ओहोरदोहोर गर्न सकिन्छ भने यसको लागि स्थानीय जनतालाई एक किसिमको पास दिइएको हुन्छ । केरुङ धेरै पहिलेदेखि काठमाडाँैं र तिब्बत जोड्ने एउटा प्रमुख व्यापारिक केन्द्र पनि हो ।   

स्याप्रुबेसी बजारमा तिब्बती संस्कृतिको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । महिलाहरू फाट्टफुट्ट तिब्बती पहिरनमा भेटिन्छन् भने केही पसलका नामहरूमा पनि तिब्बती शब्दको प्रयोग भएको पाइन्छ । यसबाहेक यहाँ तिब्बती मूलका मानिसहरू पनि बसोवास गर्छन् । 


Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA