लाङटाङदेखि लन्डनसम्म

 लाङटाङदेखि लन्डनसम्म 

Author: Prakash Thapa         



www.prakashthapa-author.com


र हाम्रा यात्राका हरेक सुरुवातहरु र तिनका अन्त्यहरु एक अन्त्यहीन क्रममा परिणत भइरहेका छन् , जुन निरन्तर चलिरहेका छन् , र जस्ताे कि हरेक सुरुवातहरु अन्त्य जस्तै र हरेक अन्त्यहरु सुरुवात जस्तै , अनि साँच्चै यी जटिल जीवन समीकरणहरु आफैँमा नितान्त पृथक छन् , आफैँमा रहस्यमय छन् । अनि जुन समय पाइरहेका वस्तुहरु , आत्मसात गरिरहेका वस्तुहरु क्रमश: मेटिइरहेका जस्ता लाग्छन् , अनि कतिपय अवस्थामा हराइरहेका जस्ता वस्तुहरु प्रकट भइरहेजस्ता देखिन्छन् । 


अनि,समयका अन्तरालहरु माझ यी प्रश्नहरु अरु जटिल बनिरहेका छन् , तर हामी जीवनका स-साना सीमाहरुमा सीमित छाैँ र एक अर्थमा अनिश्चितताका जीवनहरु बाँचिरहेका छाैँ । 


र हामी साँच्चै नै जीवनका विसङ्गत सत्यहरु आत्मसात गरिरहन विवश छाैँ, र मानिसहरु साेधिरहन्छन् , पुन: जीवनका बारेमा, परिवर्तनशील सत्यका बारेमा , र जुन बेला हामी जीवनका यी रहस्यमय क्रसराेडहरुमाझ उभिइरहेका छाैँ, अनि हाम्रा गन्तव्यहरु , हाम्रा  आधारहरु विशृङ्खल भइरहेका छन् र जहाँ सत्यहरु पनि परिवर्तन भइरहेका छन् । 


र साँच्चै नै अन्यमनस्क , यी समयहरुमा फेरि आफैँलाई साेधिरहेकाे  छु कि के हाे जीवन बाँच्नुकाे सार्थकता? के हाे जीवन अन्तत:?अनि के हुन सक्छ जीवनकाे वास्तविक अर्थ? साेच्छु ,भाैतिक सुखभाेग एवम् प्राप्तिका लिप्साहरुभन्दा फरक जीवन भनेकाे मायामा, मानिसका मनहरुमा बाँचिने सत्यहरु हुन् ,र ती साँच्चै नै फूलहरुजस्तै सुन्दर छन् , यद्यपि म पुन:साेच्छु कि यी सत्यहरु पनि क्षणिक यथार्थहरु हुन्, किनकि यहाँ कुनै वस्तु छैन जाे,सधैँ  प्रकट भइरहेकाे हाेस, जाे सधँ रहिरहाेस ।

Comments

Popular posts from this blog

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

निस्सिम, आकाशकाे #स्वतन्त्रता र #वर्ल्डकप #प्रतियाेगिता